News Portal

बागलुङको बल्देधुरी घटनाका ८ जनालाई प्रहरीले सार्वजनिक गर्यो

हिमालीसंचार संवाददाता
३०६ पटक

बागलुङ — बागलुङको बल्देधुरीमा दुई जनको मृत्यु हुने गरी भएको झडपमा संलग्न भएको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालयले घटनाका आरोपी सार्वजनिक गरेका हुन् । होली खेल्ने क्रममा भएको विवाद र झडपपछि भीरबाट खसालेर ‘हत्या’ भएको प्रारम्भिक अनुसन्धानले खुलेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । घटनाको अनुसन्धानका लागि जिल्ला अदालतले एक साताको म्याद थप गरेको छ ।

होली खेल्ने क्रममा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक परियारको मृत्यु भएको थियो । उनीहरुको शव घटनास्थलदेखि ४ सय मिटर तल भेटिएको थियो ।

कुटपिट गर्ने र भीरबाट खसाल्ने काममा संलग्न भएको आरोपमा प्रहरीले बडिगाड गाउँपालिका वडा नं. १० का २८ वर्षीय रेशम बुढामगर, ४६ वर्षीय ढालबहादुर बुढा, ३१ वर्षीय सूर्य बुढा, ३३ वर्षीय झनबहादुर बुढा र उमेर नखुलेको तीर्थलाल बुढालाई गाउँबाटै पक्राउ गरेको हो ।

त्यस्तै २३ वर्षीय मिलन बुढा र २४ वर्षीय रेशम भनिने भेषराज बुढालाई गुल्मीको मदाने गाउँपालिका, र त्यस्तै २३ वर्षीय कुमार छन्त्याललाई रुपन्देहीको भैरहवाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक पल्लीमगरले बताए । तीमध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको हो भने दुई जना आत्मसर्मपण गरेर प्रहरीमा आएका हुन् ।

 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...