News Portal

  • बागलुङको बल्देधुरी घटनाका ८ जनालाई प्रहरीले सार्वजनिक गर्यो

    हिमालीसंचार संवाददाता
    २६८ पटक

    बागलुङ — बागलुङको बल्देधुरीमा दुई जनको मृत्यु हुने गरी भएको झडपमा संलग्न भएको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

    शुक्रबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालयले घटनाका आरोपी सार्वजनिक गरेका हुन् । होली खेल्ने क्रममा भएको विवाद र झडपपछि भीरबाट खसालेर ‘हत्या’ भएको प्रारम्भिक अनुसन्धानले खुलेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । घटनाको अनुसन्धानका लागि जिल्ला अदालतले एक साताको म्याद थप गरेको छ ।

    होली खेल्ने क्रममा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक परियारको मृत्यु भएको थियो । उनीहरुको शव घटनास्थलदेखि ४ सय मिटर तल भेटिएको थियो ।

    कुटपिट गर्ने र भीरबाट खसाल्ने काममा संलग्न भएको आरोपमा प्रहरीले बडिगाड गाउँपालिका वडा नं. १० का २८ वर्षीय रेशम बुढामगर, ४६ वर्षीय ढालबहादुर बुढा, ३१ वर्षीय सूर्य बुढा, ३३ वर्षीय झनबहादुर बुढा र उमेर नखुलेको तीर्थलाल बुढालाई गाउँबाटै पक्राउ गरेको हो ।

    त्यस्तै २३ वर्षीय मिलन बुढा र २४ वर्षीय रेशम भनिने भेषराज बुढालाई गुल्मीको मदाने गाउँपालिका, र त्यस्तै २३ वर्षीय कुमार छन्त्याललाई रुपन्देहीको भैरहवाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक पल्लीमगरले बताए । तीमध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको हो भने दुई जना आत्मसर्मपण गरेर प्रहरीमा आएका हुन् ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...