News Portal

आज विहानै मकाउबाट १ सय ७२ जना नेपाली नागरिक नेपाल फर्किए

“मकाउबाट ७ औ पटक उडान भइ जानु हुने सम्पूर्ण यात्रु मानुभावहरुमा शुभयात्राको कामना गर्दछौ!” एनआरएन मकाउ

हिमालीसंचार संवाददाता
२८७४ पटक

मकाउ – कोरोना माहामारीको कारणले मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएका र राजिनामा दिएका नेपाली नागरिकहरु हिमालय एयरलाइन्सको चाटर्स विमान मार्फत मकाउको अन्तराष्ट्रिय विमानस्थलबाट काठमाण्डौ सिधा उडान मार्फत नेपाल फर्किएका छन्। 

मकाउ स्थित मेल्को इन्टरटेटमेन्ट कम्पनीबाट सयौको संख्यामा नेपाली श्रमिकहरुको भिसा नवीकरण नहुदा रोजगार गुमाएपछि उक्त कम्पनीले चाटर्स फ्याइट मार्फत नेपाली श्रमिकहरुलाई स्वदेश फर्काएको हो । हिमालय चार्टर उडानका सहजकर्ताको रुपमा नेपाल चेम्बर्स अफ कमर्स मकाउले सहजिकरण गरेको थियो। कोरोना कहरपछि मकाउदेखि नेपाली नागरिक रोजगार गुमाएर नेपाल फर्केका यो ७ औ उडान हो।

हिमालय एयरलाइन्सको एच ९ – ८६६२ फ्याइट नम्बरको विमान अन्तराष्ट्रिय विमानस्थल मकाउबाट आज विहान ४ बजे उडान भरेर स्थानीय समयनुसार ६:४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डू अवतरण गर्ने हिमालय एयरलाइन्सले जनाएको छ। 

नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष सुदर्शन थापा मगरका अनुसार मेल्को ग्रुपका नेपाली नागरिक सहित विगत लामो समयदेखि नेपाल फर्कन अप्ठ्यारोमा परेका नेपालीहरु, विरामी परेका ६ जना पुरुष साथै २ जना नवजात शिशु गरेर आज अप्रैल १ तारिख बिहिवार विहान ४ बजे मकाउको अन्तराष्ट्रिय विमानस्थलबाट १ सय ७२ जना नेपाली नागरिक स्वदेश नेपाल फर्केका हुन् । अध्यक्ष थापा मगरले मकाउमा समस्या परेका नेपालीहरुलाई सहयोग गर्दै आएका छन्।

नेपाल छुट्टिमा गएका मकाउको स्थायी परिचयपत्र वाहक नेपालीहरु अझै मकाउ फर्कन सकिरहेका छैनन्। नेपालदेखि हिमालय एयरलाइन्सको विमान मकाउ खाली अवतरण गरेका थियो । गैरआवासीय नेपाली संध मकाउले “मकाउबाट ७ औ पटक उडान भइ जानु हुने सम्पूर्ण यात्रु मानुभावहरुमा शुभयात्राको कामना गर्दछौ!” आफ्नो अफिसियल फेसबुक मार्फत शुभकामना दिएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...