News Portal

आज विहानै मकाउबाट १ सय ७२ जना नेपाली नागरिक नेपाल फर्किए

“मकाउबाट ७ औ पटक उडान भइ जानु हुने सम्पूर्ण यात्रु मानुभावहरुमा शुभयात्राको कामना गर्दछौ!” एनआरएन मकाउ

हिमालीसंचार संवाददाता
२७८६ पटक

मकाउ – कोरोना माहामारीको कारणले मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएका र राजिनामा दिएका नेपाली नागरिकहरु हिमालय एयरलाइन्सको चाटर्स विमान मार्फत मकाउको अन्तराष्ट्रिय विमानस्थलबाट काठमाण्डौ सिधा उडान मार्फत नेपाल फर्किएका छन्। 

मकाउ स्थित मेल्को इन्टरटेटमेन्ट कम्पनीबाट सयौको संख्यामा नेपाली श्रमिकहरुको भिसा नवीकरण नहुदा रोजगार गुमाएपछि उक्त कम्पनीले चाटर्स फ्याइट मार्फत नेपाली श्रमिकहरुलाई स्वदेश फर्काएको हो । हिमालय चार्टर उडानका सहजकर्ताको रुपमा नेपाल चेम्बर्स अफ कमर्स मकाउले सहजिकरण गरेको थियो। कोरोना कहरपछि मकाउदेखि नेपाली नागरिक रोजगार गुमाएर नेपाल फर्केका यो ७ औ उडान हो।

हिमालय एयरलाइन्सको एच ९ – ८६६२ फ्याइट नम्बरको विमान अन्तराष्ट्रिय विमानस्थल मकाउबाट आज विहान ४ बजे उडान भरेर स्थानीय समयनुसार ६:४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डू अवतरण गर्ने हिमालय एयरलाइन्सले जनाएको छ। 

नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष सुदर्शन थापा मगरका अनुसार मेल्को ग्रुपका नेपाली नागरिक सहित विगत लामो समयदेखि नेपाल फर्कन अप्ठ्यारोमा परेका नेपालीहरु, विरामी परेका ६ जना पुरुष साथै २ जना नवजात शिशु गरेर आज अप्रैल १ तारिख बिहिवार विहान ४ बजे मकाउको अन्तराष्ट्रिय विमानस्थलबाट १ सय ७२ जना नेपाली नागरिक स्वदेश नेपाल फर्केका हुन् । अध्यक्ष थापा मगरले मकाउमा समस्या परेका नेपालीहरुलाई सहयोग गर्दै आएका छन्।

नेपाल छुट्टिमा गएका मकाउको स्थायी परिचयपत्र वाहक नेपालीहरु अझै मकाउ फर्कन सकिरहेका छैनन्। नेपालदेखि हिमालय एयरलाइन्सको विमान मकाउ खाली अवतरण गरेका थियो । गैरआवासीय नेपाली संध मकाउले “मकाउबाट ७ औ पटक उडान भइ जानु हुने सम्पूर्ण यात्रु मानुभावहरुमा शुभयात्राको कामना गर्दछौ!” आफ्नो अफिसियल फेसबुक मार्फत शुभकामना दिएको छ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...