News Portal

प्रधानमन्त्री ओली सहभागी कार्यक्रम स्थलमै सञ्चारमन्त्री मस्त निदाएपछि…

हिमालीसंचार संवाददाता
५३३ पटक

काठमाण्डौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारका एक मन्त्री कार्य क्रममै निदाएपछि आलोचित भएका छन्। मंगलबार रिपोर्टर्स क्लबको बार्षिक उत्सबमा सहभागी बनेका सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ ड्यासमा मस्त निदाए।

प्रधानमन्त्री ओलीसमेत सहभागी भएको उक्त कार्यक्रममा मन्त्रीहरु, दलका नेताहरु, सांसदहरुको सहभागीता थियो। कार्यक्रम जारी नै रहँदा मन्त्री गुरुङ भने ड्यासमा मस्त निदाए। राष्ट्रियसभा सदस्य कोमल ओलीका छेउमा बसेका मन्त्री गुरुङ कार्यक्रम जारी रहँदा मस्त निदाएका थिए।

उनी निदाएपछि कार्यक्रममा सहभागी दर्शकको ध्यान उनीमाथि परेको थियो दर्शकले ध्यान मन्त्री निदाएको तर्फ दिएपछि छेउको कुर्सीमा बसेकी ओलीले असहज महसुस गरिन् र उनलाई उठाउन खोजिन्। तर मन्त्री गुरुङले उठ्ने कुनै संकेत गरेनन्। तर वलीले मन्त्री गुरुङलाई हातले हल्लाइन् र गुरुङ निन्द्राबाट व्यूँझिए।

केही मन्त्रीहरुले आफ्नो पदीय मर्यादा भूल्दा र बोल्दा गरेको गल्तीका कारण आलोचना सहनु परेको हो। केही समय अघि बोल्दा ध्यान नदिँदा तत्कालिन कानूनमन्त्री शेरबहादुर तामाङले त राजीनामा नै दिनुपरेको थियो। त्यस्तै खानेपानी मन्त्री मणिचन्द्र थापा पनि नेपालको सरकारको ठाउँमा श्री ५ को सरकार भनेका कारण आलोचित बने।

वनमन्त्री प्रेम आलेले बोल्दा होस नपुर्याउँदा आलोचना खेप्नु परेको थियो। उनले रुखले कार्बोनडाइ अक्साइड दिने भाषण दिएका थिए। अनि वनमन्त्रीले नै अक्सिजनको ठाउँमा कार्बोनडाइ अक्साइड भनेपछि आलोचना भएको हो।

त्यस्तै शिक्षा मन्त्रीले एक शैक्षिक कार्यक्रममा गरेको भाषण पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो। कार्यक्रम स्थलमा नै मन्त्री निदाएपछि अहिले सामाजिक सञ्जालमा यसबारे चर्चा चलिरहेको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...