News Portal

  • मुख्यमन्त्री शेरधन राईद्वारा ‘खुवालुङ’ को संरक्षण र त्यस क्षेत्रको विकासमा प्रदेश सरकार लाग्ने प्रतिबद्धता

    हिमालीसंचार संवाददाता
    ४६३ पटक

    धरान – किरात समुदायले आफ्नो आस्थाको धरोहरको रूपमा दाबी गरेको ‘खुवालुङ’ क्षेत्रमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अवलोकन तथा स्थलगत निरीक्षण गरेका छन्। खुवालुङ अवलोकन गर्न पुगेका मुख्यमन्त्री राईले खुवालुङ र त्यस क्षेत्रको विकासमा प्रदेश सरकार लाग्ने समेत बताएका थिए।

    धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठुला नदीहरू अरुण, तमोर र दूध कोशीको संगमस्थल त्रिवेणी स्थित कोशी नदी भित्र रहेको ढुङ्गालाई किरात समुदायले पवित्र तीर्थस्थल ‘खुवालुङ’ भनेर दाबी गर्दै आइरहेका छन् । 

    जल यातायात बिस्तार गर्ने योजना अन्तर्गत उक्त ढुङ्गा अर्थात् ‘खुवालुङ’ फुटाउने हल्लासँगै एकाएक चर्चाको विषय भनेको खुवालुङलाई संरक्षण र विकासमा प्रदेश सरकार लाग्ने मुख्यमन्त्री राईले बताए। मंगलबार खुबालुङ क्षेत्रमा अवलोकन गर्न पुगेका मुख्यमन्त्री राईले खुवालुङ किरात राई जातिको आस्थाको केन्द्र भएको बताए। यो फुटाउन प्रदेश सरकार र केन्द्रीय सरकार लागेको कुरा हल्ला मात्र भएको दामी सम्म गर्न भ्याए ।

    ‘मुन्धुमी शक्ति केन्द्र कोशी नदीमा अवस्थित ‘खुवालुङ’ संरक्षणका लागि प्रदेश सरकारले पहलकदमी लिन्छ’ उनले भने । ‘खुवालङ्ग क्षेत्रको विकासमा प्रदेश सरकार गुरु योजना बनाएर अगाडि बढ्छ, यसको संरक्षण गर्छ । यस क्षेत्रमा अरू पनि सम्भावना हुन सक्छन् । प्राविधिक हिसाबले अरू पनि सम्भावना के के छन् भनेर खोजी गर्न प्रदेश सरकार लाग्नेछ।’ 

    विश्वभरका किरातीहरुको आस्थाको केन्द्र ‘खुवालुङ’को संरक्षण गरेर बोट सञ्चालन गरिन उनले बताए । ‘प्रदेश र देशको समृद्धि खुबालुङको विकासले टेवा पुर्‍याउन छ, यो यसको धार्मिक तथा ऐतिहासिक रूपले विकास गर्नु पर्छ’ उनले भने । ‘चतरादेखि किमाथाङको र दोलालघाट सम्म जल यातायातका बिस्तार गर्ने योजना छ, खुवालुङलाई संरक्षण गरेर हामी काम अगाडि बढाउने छौँ ।’ 

    किरात राई यायोख्या केन्द्रीय समितिको अग्रसरतामा आयोजना भएको उक्त कार्यक्रममा प्रदेश नं १ सरकारका प्राविधिक विज्ञ बिपुल राज पाण्डेले पहिलो चरणको सर्वेबाट उक्त ढुङ्गा फुटाउने कुनै कुरा नभएको जिकिर गरे। उनले उक्त खुवालुङको दायाँ बाँया दुवैबाट पनि पानी बोट सञ्चालन गर्न सकिने बताए।

    खुवालुङको वरपरबाट जहान कुदाउन मिल्ने बनाउन सकिने भूगोल रहेकाले खुवालुङ नफुटाई जल यातायात बिस्तार गर्न सकिने उनले दाबी गरे ।

    गत फागुन ७ गते विराटनगरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले जल यातायात बिस्तारमा एउटा ढुङ्गा बाधक बनेकाले फुटाउने बताएपछि  प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको थियो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...