News Portal

मुख्यमन्त्री शेरधन राईद्वारा ‘खुवालुङ’ को संरक्षण र त्यस क्षेत्रको विकासमा प्रदेश सरकार लाग्ने प्रतिबद्धता

हिमालीसंचार संवाददाता
५५५ पटक

धरान – किरात समुदायले आफ्नो आस्थाको धरोहरको रूपमा दाबी गरेको ‘खुवालुङ’ क्षेत्रमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अवलोकन तथा स्थलगत निरीक्षण गरेका छन्। खुवालुङ अवलोकन गर्न पुगेका मुख्यमन्त्री राईले खुवालुङ र त्यस क्षेत्रको विकासमा प्रदेश सरकार लाग्ने समेत बताएका थिए।

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठुला नदीहरू अरुण, तमोर र दूध कोशीको संगमस्थल त्रिवेणी स्थित कोशी नदी भित्र रहेको ढुङ्गालाई किरात समुदायले पवित्र तीर्थस्थल ‘खुवालुङ’ भनेर दाबी गर्दै आइरहेका छन् । 

जल यातायात बिस्तार गर्ने योजना अन्तर्गत उक्त ढुङ्गा अर्थात् ‘खुवालुङ’ फुटाउने हल्लासँगै एकाएक चर्चाको विषय भनेको खुवालुङलाई संरक्षण र विकासमा प्रदेश सरकार लाग्ने मुख्यमन्त्री राईले बताए। मंगलबार खुबालुङ क्षेत्रमा अवलोकन गर्न पुगेका मुख्यमन्त्री राईले खुवालुङ किरात राई जातिको आस्थाको केन्द्र भएको बताए। यो फुटाउन प्रदेश सरकार र केन्द्रीय सरकार लागेको कुरा हल्ला मात्र भएको दामी सम्म गर्न भ्याए ।

‘मुन्धुमी शक्ति केन्द्र कोशी नदीमा अवस्थित ‘खुवालुङ’ संरक्षणका लागि प्रदेश सरकारले पहलकदमी लिन्छ’ उनले भने । ‘खुवालङ्ग क्षेत्रको विकासमा प्रदेश सरकार गुरु योजना बनाएर अगाडि बढ्छ, यसको संरक्षण गर्छ । यस क्षेत्रमा अरू पनि सम्भावना हुन सक्छन् । प्राविधिक हिसाबले अरू पनि सम्भावना के के छन् भनेर खोजी गर्न प्रदेश सरकार लाग्नेछ।’ 

विश्वभरका किरातीहरुको आस्थाको केन्द्र ‘खुवालुङ’को संरक्षण गरेर बोट सञ्चालन गरिन उनले बताए । ‘प्रदेश र देशको समृद्धि खुबालुङको विकासले टेवा पुर्‍याउन छ, यो यसको धार्मिक तथा ऐतिहासिक रूपले विकास गर्नु पर्छ’ उनले भने । ‘चतरादेखि किमाथाङको र दोलालघाट सम्म जल यातायातका बिस्तार गर्ने योजना छ, खुवालुङलाई संरक्षण गरेर हामी काम अगाडि बढाउने छौँ ।’ 

किरात राई यायोख्या केन्द्रीय समितिको अग्रसरतामा आयोजना भएको उक्त कार्यक्रममा प्रदेश नं १ सरकारका प्राविधिक विज्ञ बिपुल राज पाण्डेले पहिलो चरणको सर्वेबाट उक्त ढुङ्गा फुटाउने कुनै कुरा नभएको जिकिर गरे। उनले उक्त खुवालुङको दायाँ बाँया दुवैबाट पनि पानी बोट सञ्चालन गर्न सकिने बताए।

खुवालुङको वरपरबाट जहान कुदाउन मिल्ने बनाउन सकिने भूगोल रहेकाले खुवालुङ नफुटाई जल यातायात बिस्तार गर्न सकिने उनले दाबी गरे ।

गत फागुन ७ गते विराटनगरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले जल यातायात बिस्तारमा एउटा ढुङ्गा बाधक बनेकाले फुटाउने बताएपछि  प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको थियो। 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...