News Portal

मुख्यमन्त्री राई आज खुवालुङ अवलोकन गर्न जाने, चार जिल्लाका प्रशासनलाई संरक्षण गर्न निर्देशन दिने

हिमालीसंचार संवाददाता
३९७ पटक

धरान – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आज खुवालुङको स्थलगत अवलोकन गर्न जाने भएका छन् । किरात समुदायको आस्थाको केन्द्र रहेको खुवालुङलाई सरकारले फुटाउने तयारी गरेको भन्दै चर्को आलोचना भइरहेको बेला आज मुख्यमन्त्री राईले स्थलगत अवलोकन गर्ने भएका हुन् । 

खुवालुङ त्रिवेणी नजिकै रहेको खुवालुङले जलयात्रामा अवरोध पुगेको कारण सरकारले हटाउन लागेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित आमसभामा एक अभिव्यक्ति दिएपछि किरात समुदायले असन्तुष्ट जनाउदै चर्को विरोध गरेका थिए । किरात सभ्यतासँग जोडिएको खुवालुङ अर्थात पानीढुंगालाई नष्ट गर्नुको साटो संरक्षण गर्नुपर्ने आवाज अहिले सामाजिक संजाल र किरातजन्य संधसंस्थाहरुले चर्कोरुपमा उठाई रहेका छन् । किरात राई यासोक्खाले गृहमन्त्री थापा र मुख्यमंत्री राईलाई ज्ञापन पत्र समेत बुझाई सकेका छन्। 

किरात समुदायसँगै सँस्कृतिकविद्, राजनीतिककर्मीहरुले पनि खुवालुङ संरक्षण गर्दै जलयात्रालाई पनि सहज बनाउनुपर्ने धारणा व्यक्त गरिरहेका छन्। मुख्यमन्त्री राईको खुवालुङ स्थलगत भ्रमणले ठुलो राख्छ। 

मुख्यमन्त्री राईका प्रमुख स्वकिय सचिव नवराज राईले यथार्थ कुरा प्रष्ट बनाउन मुख्यमन्त्री राई स्थलगत भ्रमणमा जान लागेको जानकारी दिए । प्रमुख स्वकिय सचिव राईका  अनुसार धनकुटा, भोजपुर, उदयपुर र सुनसरीको प्रशासनलाई मुख्यमन्त्री राईले खुवालुङ संरक्षणबारे आवश्यक निर्देशन दिने छ। ‘ सामाजिक संजाल र मिडियामा धेरै कुरा आइरहेको छ । तर यथार्थ के हो भन्ने कुरा मुख्यमन्त्री राईको भ्रमणबाट प्रष्ट हुन्छ,’उनले भने,‘चारै जिल्ला प्रशासन धनकुटा, भोजपुर, उदयपुर र सुनसरीलाई खुवालुङको संरक्षण र विकास गर्न निर्देशन समेत हुने छ ।’

भोजपुर, उदयपुर र धनकुटाको संगमस्थल त्रिवेणीघाटमा रहेको खुवालुङप्रति किरातीहरुको महत्वपूर्ण आस्था छ । किराती भाषामा खुवाको अर्थ पानी र लुङको अर्थ ढुंगा अर्थात पानीढुंगा भन्ने हुन्छ । खुवालुङ क्षेत्रलाई किराती सभ्यता विकास हुने क्रमको ऐतिहासिक स्थलको रुपमा किरातीहरुले मान्ने गरेका छन् । किराती नक्छोङ, धामी, माङ्पाहरुले आफ्नो धार्मिक विधि गर्दा यही खुवालुङमा आएर शक्ति आर्जन गर्ने गरेका कथन रहेको छ । त्यसैले यो ढुंगा किरातीहरुको मुन्धुममी शक्ति केन्द्रकोरुपमा रहेको छ । 

किराती मिथक अनुसार किराती सभ्यताको विकास खुवालुङबाट भएको मानिन्छ । किराती आदिम पुर्खाहरु जेठा मुकुबुङ(भोटे), माइला हर्कबुङ(किरात) र कन्छा रिब्लबुङ(थारु) उकालो जादै गर्दा खुवलुङमा आएर छुट्टिएको किराती जानकारहरुको भनाई रहेको छ । खुवालुङमा आउदा ढोका बन्द भएको देखेर जेठाले जुरेलीको भोग दिएपछि ढोका खुलेपछि नदी पार गरेको भनाई रहेकोछ । माइला भाई हर्कबुङ पार गर्न नसक्दा जेठाले रगतको भोग दिनु र मात्र ढोका खुल्छ भनेपछि आफ्नै चेलीको औला काटेर रगत चढाएपछि ढोका खुलेको विशेष कथन रहेको छ। तर, चेलीको औलाबाट रगत नरोकिएपछि रगत केराको पातमा खसेको र बाख्राले उक्त पात खादा चेली तत्काल मृत्यु भएको थियो ।

त्यसैले किरातहरुले आफ्नो कुलपित्रमा बाख्रा नचलाउने र मासु पनि खान नहुने विश्वास रहेको छ । कान्छा भाई पार गर्न नसक्दा तराईतिरै रहे । जेठा हिमाली भेगसम्म पुगेर बसोबास गरे । माइला भाई सुनकोशी किनार आसपासमै बसेर अहिलेका सुनुवार भएको किरातीहरुको इतिहासकारहरुको भनाई रहेको छ। 

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...