News Portal

तराईमा होली पर्व धुमधामका साथ मनाए

हिमालीसंचार संवाददाता
४०४ पटक

रबिन्द्र बराल/मोरङ – विगत बर्षहरुमा झै यस बर्ष पनि तराई क्षेत्रमा धुमधामका साथ रोली पर्व मनाएका छन ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने प्रचलन रहेको छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई-तीन दिनसम्म होली मनाउने प्रचलन रहेको छ । 

मोरङको सिमावर्ती क्षेत्र रंगेली डाईनिया, कर्सिया, सिजुवा, रामचोक लगायदका युवा बालबालिकाहरुले साथी भाईहरुसंग एक आपसमा सद्भाव कायम गरेर विभिन्न किसिमका रंग लगाएर होली पर्व मनाएका छन । बिगत बर्षमा कोरोनाको माहामारीमा होली पर्व नमनाएता पनि यस बर्ष भने उत्साहित भएर होली पर्व मनाएका छन।

विशेषगरी पूर्वितराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विभिन्न जातजातीहरूले तराईका जिल्लाहरूमा फागु अर्थात होली पर्व मनाएका छन। रङ्गहरूको  होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरू जम्मा भएर होली खेलोका हुन्।

वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ ।सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको जनविश्वास रहेको छ। होली पर्वका अवसरमा विभिन्न संघसंगठनहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरेका थिए। 

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...