News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • थरुहट आन्दोलनकारीसँग वार्ताका लागि गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

    हिमालीसंचार संवाददाता
    ३७१ पटक

    काठमाडौं – विभिन्न माग राखि आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट र थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको टोलीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

    वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी सदस्य रहेका छन् । सरकारका प्रवक्ता पार्वत गुरुङले सोमवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदले वार्ता टोली गठनको जानकारी दिएका हुन् ।

    टिकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी माथि लगाईएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा रहेका छन्।

    बिहिवार मात्रै आन्दोलनकारीले आन्दोलन गरेको स्थान माइतीघर मण्डलामै गृहमन्त्री थापा पुगेर उनीहरुका मागका विषयमा जानकारी लिएका थिए । उनले सरकारले वार्ताका लागि वार्ता टोली गठन गर्ने जानकारी पनि गृहमन्त्री थापाले त्यसै दिन गराएका थिए । सोही दिन बसेको मन्त्रिपरिषद् वैठकले बार्ता टोली गठन गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ७, २०८२ (अप्रिल २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...