News Portal

चीनका २० युद्धक विशेष विमान ताइवान प्रवेश

हिमालीसंचार संवाददाता
५६९ पटक

ऐजेन्सी – चीनका २० युद्धक विशेष विमानहरु ताइवानको हवाइ क्षेत्रमा घुसेको ताइवानको रक्षा मन्त्रालयले जानकारी दिएको छ।ताइवानले दिएको चेतावनी बाबजुद पनि पछिल्लो समय चीनका लडाकु विमानहरु आफ्नो हवाइ क्षेत्रमा घुस्ने गरेको मन्त्रालयको जनाएको छ।

शुक्रबारको घटनालाई त्यहाँको सरकारले हालसम्मकै सबैभन्दा ठूलो हवाइ नियमको उल्लंघन भनेका छन्। ताइवान आफ्नो भूमि रहेको चीनको दाबीबीच हालै अमेरिका र ताइवानबीच तटरक्षकको क्षमता अभिवृद्धि गर्ने सम्झौता भएको थियो।

त्यस लगतै चिनियाँ विमानहरुले ताइवानको सिमाना पार गरेका हुन्। हाल चिनियाँ विमानहरुको निगरानी गर्नका लागि आफ्ना हवाइ सेनालाई चनाखो बनाइएको ताइवान सरकारले बताएको छ।

ताइवानको रक्षा मन्त्रालयका अनुसार शुक्रबार चिनियाँ विमानलाई आफ्नै क्षेत्रमा जान रेडियोमार्फत् चेतावनी दिइएको थियो। चिनियाँ युद्धक विमानहरु ताइवानको दक्षिणी क्षेत्र तथा बासी च्यानल हुँदै उडेका थिए। चीनका आणविक हतियार सम्पन्न एच–६के बम्बर तथा जे–१६ विमानहरु ताइवानको हवाइ क्षेत्रमा घुसेको बताइएको छ।

चीनले ताइवान आफ्नो भूमि भएको र यो क्षेत्र चीनसँग पुनः समाहित हुने बताउँदै आएको छ। तर आफ्नै संविधान र शासन प्रणाली भएको ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँदै आएको छ।

ताइवानलाई अलग्गै राष्ट्रको मान्यता नदिन चीनले विश्वका मुलुकलाई चेतावनी दिँदै आएको छ। यद्यपी पछिल्लो समय अमेरिकाले ताइवानलाई हतियारहरु बेच्न थालेको छ। अमेरिकाले ताइवानलाई अलग्गै राष्ट्रको मान्यता नदिए पनि स्वतन्त्र राष्ट्रकै हैसियतमा ताइवानलाई हतियार बेचेपछि चीन रुष्ट छ।

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...