News Portal

चीनका २० युद्धक विशेष विमान ताइवान प्रवेश

हिमालीसंचार संवाददाता
६१३ पटक

ऐजेन्सी – चीनका २० युद्धक विशेष विमानहरु ताइवानको हवाइ क्षेत्रमा घुसेको ताइवानको रक्षा मन्त्रालयले जानकारी दिएको छ।ताइवानले दिएको चेतावनी बाबजुद पनि पछिल्लो समय चीनका लडाकु विमानहरु आफ्नो हवाइ क्षेत्रमा घुस्ने गरेको मन्त्रालयको जनाएको छ।

शुक्रबारको घटनालाई त्यहाँको सरकारले हालसम्मकै सबैभन्दा ठूलो हवाइ नियमको उल्लंघन भनेका छन्। ताइवान आफ्नो भूमि रहेको चीनको दाबीबीच हालै अमेरिका र ताइवानबीच तटरक्षकको क्षमता अभिवृद्धि गर्ने सम्झौता भएको थियो।

त्यस लगतै चिनियाँ विमानहरुले ताइवानको सिमाना पार गरेका हुन्। हाल चिनियाँ विमानहरुको निगरानी गर्नका लागि आफ्ना हवाइ सेनालाई चनाखो बनाइएको ताइवान सरकारले बताएको छ।

ताइवानको रक्षा मन्त्रालयका अनुसार शुक्रबार चिनियाँ विमानलाई आफ्नै क्षेत्रमा जान रेडियोमार्फत् चेतावनी दिइएको थियो। चिनियाँ युद्धक विमानहरु ताइवानको दक्षिणी क्षेत्र तथा बासी च्यानल हुँदै उडेका थिए। चीनका आणविक हतियार सम्पन्न एच–६के बम्बर तथा जे–१६ विमानहरु ताइवानको हवाइ क्षेत्रमा घुसेको बताइएको छ।

चीनले ताइवान आफ्नो भूमि भएको र यो क्षेत्र चीनसँग पुनः समाहित हुने बताउँदै आएको छ। तर आफ्नै संविधान र शासन प्रणाली भएको ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँदै आएको छ।

ताइवानलाई अलग्गै राष्ट्रको मान्यता नदिन चीनले विश्वका मुलुकलाई चेतावनी दिँदै आएको छ। यद्यपी पछिल्लो समय अमेरिकाले ताइवानलाई हतियारहरु बेच्न थालेको छ। अमेरिकाले ताइवानलाई अलग्गै राष्ट्रको मान्यता नदिए पनि स्वतन्त्र राष्ट्रकै हैसियतमा ताइवानलाई हतियार बेचेपछि चीन रुष्ट छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...