News Portal

गृहकार्य नगरेको भन्दै प्रधानाध्यापकको कुटपिटबाट विद्यार्थी घाइते

हिमालीसंचार संवाददाता
४६३ पटक

गीता कुँवर/अछाम – अछाममा प्रधानाध्यापकको कुटपिटबाट एक विद्यार्थी घाइते भएका छन्। साँफेबगर नगरपालिका–११ देबिस्थानको हंस बाहिनी माविका प्रधानाध्यापक हंसराज खड्काको कुटपिटबाट कक्षा १० का विद्यार्थी युवराज खड्का घाइते भएका हुन्।

घटना चैत ३ गतेको भएपनि मंगलबार बाहिरीएको हो। गणित विषयको गृहकार्य नगरेको भन्दै प्र.अ खड्काले युवराजलाई कुटपिट गरेको पिडितले बताएका छन्। उनले भने,‘गणित विषय निकै गाह्रो लाग्छ, सरले सुत्र कण्ठ गरी होमवर्क गर्नु दिनुभएको थियो।

मलाई आएन अनि मैले गृहकार्य गरिन भनेपछि सरले गालामा दुई पटक हान्नुभयो त्यसपछि कान फुट्ने गरी हान्नुभयो। त्यति मात्र नभएर साथीलाई लठ्ठी लिन पठाएपछि म कक्षाबाट दौडिएर भागें।’ टाउको र कान दुखेकोले विद्यालय जान नसकेको उनले बताए।

प्र.अ खड्काले गृहकार्य नगरेपछि कुटेको स्वीकार गरेका छन्। उनले भने,‘विद्यार्थी उच्छृङ्खल थियो। गृहकार्य गरेको थिएन। दुई झापड हानेको हो।’अभिभावक र विद्यार्थीको दबाबका राजीनामा दिएको तर राजिनामा स्वीकृत नभएको उनले बताए।
यस भन्दा पहिले पनि अन्य प्रअले विद्यार्थीमाथि कुटपिट गर्ने गरेको तर बाहिर नआएको स्थानीयहरुले बताएका छन्। वडाध्यक्ष गणेश खड्काले विद्यार्थी कुटपिट भएको घटनासमेत राजनीतिकरण हुन थालेको बताए।

उनले भने,‘यस्तो कुटपिटको घटना विद्यालयमा धेरै पटक भइसकेको छ, अभिभावकहरुले डरले भन्दैनन्, गल्ति गर्नेलाई कारवाही हुनुपर्छ। होमवर्क नगरेको भन्दै यसरी कुटपिट गर्न पाइँदैन। कतिपय उनको बचाउमा लागेका छन्।’

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...