News Portal

गृहकार्य नगरेको भन्दै प्रधानाध्यापकको कुटपिटबाट विद्यार्थी घाइते

हिमालीसंचार संवाददाता
४२९ पटक

गीता कुँवर/अछाम – अछाममा प्रधानाध्यापकको कुटपिटबाट एक विद्यार्थी घाइते भएका छन्। साँफेबगर नगरपालिका–११ देबिस्थानको हंस बाहिनी माविका प्रधानाध्यापक हंसराज खड्काको कुटपिटबाट कक्षा १० का विद्यार्थी युवराज खड्का घाइते भएका हुन्।

घटना चैत ३ गतेको भएपनि मंगलबार बाहिरीएको हो। गणित विषयको गृहकार्य नगरेको भन्दै प्र.अ खड्काले युवराजलाई कुटपिट गरेको पिडितले बताएका छन्। उनले भने,‘गणित विषय निकै गाह्रो लाग्छ, सरले सुत्र कण्ठ गरी होमवर्क गर्नु दिनुभएको थियो।

मलाई आएन अनि मैले गृहकार्य गरिन भनेपछि सरले गालामा दुई पटक हान्नुभयो त्यसपछि कान फुट्ने गरी हान्नुभयो। त्यति मात्र नभएर साथीलाई लठ्ठी लिन पठाएपछि म कक्षाबाट दौडिएर भागें।’ टाउको र कान दुखेकोले विद्यालय जान नसकेको उनले बताए।

प्र.अ खड्काले गृहकार्य नगरेपछि कुटेको स्वीकार गरेका छन्। उनले भने,‘विद्यार्थी उच्छृङ्खल थियो। गृहकार्य गरेको थिएन। दुई झापड हानेको हो।’अभिभावक र विद्यार्थीको दबाबका राजीनामा दिएको तर राजिनामा स्वीकृत नभएको उनले बताए।
यस भन्दा पहिले पनि अन्य प्रअले विद्यार्थीमाथि कुटपिट गर्ने गरेको तर बाहिर नआएको स्थानीयहरुले बताएका छन्। वडाध्यक्ष गणेश खड्काले विद्यार्थी कुटपिट भएको घटनासमेत राजनीतिकरण हुन थालेको बताए।

उनले भने,‘यस्तो कुटपिटको घटना विद्यालयमा धेरै पटक भइसकेको छ, अभिभावकहरुले डरले भन्दैनन्, गल्ति गर्नेलाई कारवाही हुनुपर्छ। होमवर्क नगरेको भन्दै यसरी कुटपिट गर्न पाइँदैन। कतिपय उनको बचाउमा लागेका छन्।’

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...