News Portal

मोति निरौलाको “मुक्तकहरु…!”

हिमालीसंचार संवाददाता
५०६ पटक

१)
तिम्रो ओठमा मुस्कान छर्ने होलान् कोही अरु
संगै जिउने अनि संगै मर्ने होलान् कोही अरु
आज एक्कासी म देखि टाढिने निर्णय गरेछौ
सायद मैले भन्दा माया गर्ने होलान् कोही अरु

२)
नाटक गर्दै हाँस्छन् रुन्छन् झुटो कसम खानेहरू
फसाउनलाई जाल बुन्छन् झुटो कसम खानेहरू
कसैले कसम खादैमा विश्वास नगर्नुहोस् महोदय
आजभोलि लाखौं हुन्छन् झुटो कसम खानेहरू

३)
साच्चै नमानी लाज नमानी धक भनेकै हुँ मैले
मेरो यो ज्यानमा नै लगाउ हक भनेकै हुँ मैले
पछि धोका दिन्छौ घात गर्छौ भन्ने थाहा नपाएर
तिमीबिना बाँच्नै सक्दिन एकपटक भनेकै हुँ मैले

४)
सबै धनको मात्र पछि लाग्छन् तिम्रो शहरमा
को आफ्नो को पराइ चिन्दैनन् तिम्रो शहरमा
मलाई सधैं शहर आउनु भनेर नभन्नु है प्रीया
हुँदैन गरिबहरूको मुल्यांकन तिम्रो शहरमा

मोति निरौला
सुङदेल-७, केपिलासगढी गाउपालिका खोटाङ, सगरमाथा नेपाल

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...