News Portal

मोति निरौलाको “मुक्तकहरु…!”

हिमालीसंचार संवाददाता
४५७ पटक

१)
तिम्रो ओठमा मुस्कान छर्ने होलान् कोही अरु
संगै जिउने अनि संगै मर्ने होलान् कोही अरु
आज एक्कासी म देखि टाढिने निर्णय गरेछौ
सायद मैले भन्दा माया गर्ने होलान् कोही अरु

२)
नाटक गर्दै हाँस्छन् रुन्छन् झुटो कसम खानेहरू
फसाउनलाई जाल बुन्छन् झुटो कसम खानेहरू
कसैले कसम खादैमा विश्वास नगर्नुहोस् महोदय
आजभोलि लाखौं हुन्छन् झुटो कसम खानेहरू

३)
साच्चै नमानी लाज नमानी धक भनेकै हुँ मैले
मेरो यो ज्यानमा नै लगाउ हक भनेकै हुँ मैले
पछि धोका दिन्छौ घात गर्छौ भन्ने थाहा नपाएर
तिमीबिना बाँच्नै सक्दिन एकपटक भनेकै हुँ मैले

४)
सबै धनको मात्र पछि लाग्छन् तिम्रो शहरमा
को आफ्नो को पराइ चिन्दैनन् तिम्रो शहरमा
मलाई सधैं शहर आउनु भनेर नभन्नु है प्रीया
हुँदैन गरिबहरूको मुल्यांकन तिम्रो शहरमा

मोति निरौला
सुङदेल-७, केपिलासगढी गाउपालिका खोटाङ, सगरमाथा नेपाल

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...