News Portal

  • छथर पत्रकार समाजको अध्यक्षमा प्रकाश पाक्साँवा

    हिमालीसंचार संवाददाता
    २७६ पटक

    तेह्रथुम – बिगत एक दशक देखि क्रियाशिल रूपमा संचालनमा आएको छथर पत्रकार समाजको भेला सम्पन्न भएको छ । तेह्रथुमको छथर क्षेत्रमा रहि विभिन्न संचार माध्यममा काम गर्दै आएका श्रमजीवी पत्रकारहरुको पेशागत हक हित र प्रेस स्वतन्त्रतालाई संरक्षण गर्ने उदेश्यले स्थापना गरिएको छथर पत्रकार समाजले आज क्रियाशिल पत्रकारहरुको भेला गर्दै प्रकाश पाक्सावाँको अध्यक्षतामा ११ सदस्य कार्यसमिति निर्माण गरेको छ। पाक्साँवा करिब डेढ दशक यता कृयाशिल पत्रकारिता गर्दै आएका छन ।

    अहिले पाक्साँवा इमेज टेलिभिजन लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत छन । आगामी पत्रकार महासंघको चुनावमा व्यवसायिक पत्रकारहरुको प्रतिनिधित्व हुनुपर्नेमा भेलामा सहभागी पत्रकारहरुले जोड दिएका छन् । भेलाले उपाध्यक्षमा रेवत पारघरी , साइनोखबर डट कम सचीवमा विनोद भट्टराई , टिभी टुडे सह सचीवमा बाला भट्टराई , रेडियो धनकुटा कोषाध्यक्षमा बालिका तिगेला,रेडियो छथर सदस्यहरुमा महेन्द्र मादेन , रेडियो तेह्रथुम सुजन आङ्खेवा ,रेडियो मेन्छ्यायेम रमेश बस्नेत , रेडियो मेन्छ्यायेम होम पारघरी , कन्चनजंघा अनलाइन सुरज पोख्रेल  र राजिव जोसि रेडियो मकालु लाई चयन गरेको छ।

    यस्तै सल्लाहकार समितीमा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य उद्धव तिम्सिना , कृष्ण बिदुखी गौतम र टि आर सेनेहाङ लाई चयन गरेको पत्रकार तथा छथर पत्रकार समाजका नवनिर्वाचित उपाध्यक्ष रेवत पारघरिले जानकारी दिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...

    स्वर्णलक्ष्मी सहकारी ठगीका फरार अभियुक्त बम्जन पक्राउ

    काठमाडौं, कार्तिक २३ – कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन्।...

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...