News Portal

कवि डा. सुमाया राईको कविता “अपील खुवालुङको…!”

हिमालीसंचार संवाददाता
१४८७ पटक

उहिले उहिलेदेखी
सृष्टिको प्रथम स्पन्दनसंगै
गुन्जायमान हुन थालेको
आदिम भुमी र आदिम किराती अस्तित्व
त्यो अर्गानिक अस्तित्वभित्र पत्रैपत्र बेरिएको अद्धावधि किराती संस्कृति र संस्कारहरू…

तिनै संस्कृतिको एक धरोहर- खुवालुङ
लाखौं प्रहार र प्राकृतिक विपदको बावजुद
टिकी रहेको छु अचल र अटल !
अनगिन्ती पुर्खाहरूलाई स्वागत् गर्दै
अनगिन्ती आत्मालाई पितृ थलोमा बास गराउदै
लाखौं वर्षदेखी एकल साक्षीको रूपमा …

मानव सभ्यताको एक जिउँदो कडी म – खुवालुङ
मानव इतिहासको आख्यानलाई आफुमा समेटी
हजारौं डेसिबलको मात्रामा उद्घघोष गर्दैछु –
एक निर्जीव ढुँगा बुझ्ने महाभुल नगर्नु मलाई !
यही खुवालुङ बाटै निसर्त
तिम्रो आरम्भ र अन्तलाई निर्धारण गर्ने हुँ म !

आज अस्तित्व नै नामेट गर्ने सोच कसरी पलायो ??
सहअस्तित्वको धारणालाई किन खलबलायो ??
नबिर्स खुवालुङ मासिनु भनेको
मानव सभ्यताको एक ठुलो भाग भासिनु हो
त्यस हुनाले आरम्भ गर एक शक्तिशाली जंगको
हेर न ! म पनि त अविच्छिन्न भिडी रहेकै छु …

आयातित संस्कृति र छद्म आधुनिकीकरणको
माखे साँगलोमा फनफनी बेरिए तापनि
आफ्नो अस्तित्वको युद्ध लडी राखेकै छु
आडम्बरी जालसाजी मस्तिष्कहरूसित
मुन्धुमलाई व्यापार बनाई खाने
आफ्नै रगतका नाताहरूसंग…

कवि डा. सुमाया राई
पूर्व अध्यक्ष किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति नेपाल
हाल, बेलायत

प्रतिकृया दिनुहोस्

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...