News Portal

  • पुरुषको गोप्य भिडियो बनाएर ठगी गर्ने दुई युवती पक्राउ

    हिमालीसंचार संवाददाता
    ६५२ पटक

    गणेशबहादुर मल्ल,
    काठमाडौं – हनी ट्रयापमा फसाई रकम असुल गर्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उक्त कार्यमा संलग्न रहेको अभियोगमा सुर्खेतकी लालसरी शाही र कल्पना हमाललाई पक्राउ गरेको छ।

    कोटेश्वर बस्ने एक पुरुषलाई लालसरीले काठमाडौं सुन्धारास्थित गेस्ट हाउसमा भेट्न बोलाई गोप्यरुपमा भिडियो बनाएर म्यासेन्जरमार्फत ब्ल्याकमेलिङ गरी आईएमईबाट लाखौं रुपियाँ लिने काममा संलग्न उनीहरूलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

    संस्थागत कामको सिलसिलामा लालसरीले चिनजानका ती पुरुषलाई सुन्धारास्थित होटलमा सबै पैसा हराएका कारण सहयोग गरिदिन अनुरोध गरेपश्चात् भेट्न गएका ती पुरुषको समेत गोप्य भिडियो बनाई पैसा नदिए घरपरिवार साथै प्रहरीसमेतमा उजुरी दिई फसाइदिने भन्दै पटकपटक गरी ३ लाख २ हजार ५ सय लिन सफल भएको महाशाखाले जनाएको छ।

    साथै लालसरी २०६६ मंसिरमा अपहरण गरी हत्या गरेको घटनामा जिल्ला अदालत बाँकेबाट १४ वर्ष जेल सजाय फैसला भएकोमा ७ वर्ष जेल बसी उच्च अदालत बाँकेको फैसलाले २०७४ मंसिर २२ गते १ लाख रुपियाँ धरौटीमा छुटेकी थिइन्।

    लालसरी र कल्पनाले सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका लेखापाललाई फसाउने नियतले उनीविरुद्ध २०७७ असोज ६ गते जबरजस्ती करणी मुद्दामा दिएको जाहेरी झुटा ठहरिएकाले लालसरीउपर जिल्ला अदालत सुर्खेतबाट ३ वर्ष ६ महिना जेल सजाय फैसला भएको थियो। उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...

    स्वर्णलक्ष्मी सहकारी ठगीका फरार अभियुक्त बम्जन पक्राउ

    काठमाडौं, कार्तिक २३ – कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन्।...

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...