News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • तपाईको राशिफल: आज वि.सं २०७७ साल चैत ६ गते शुक्रवार, सन् २०२१ मार्च १९ तारिख

    हिमालीसंचार संवाददाता
    ४१३ पटक

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    समय लागे पनि सम्मानित काम गर्ने समय छ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। सभा–समारोहमा सहभागी बन्ने मौका छ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    आँटले काम गर्ने अवसर दिलाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। प्राप्त उपलब्धिले आत्म–विश्वास पनि बढ्नेछ। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। कामबाट फुर्सद मिल्नेछ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह

    आफ्नै बेहोसीले समस्यामा परिएला। बलजफ्ती काम गर्ने बानीले नाेक्सान पुर्याउनेछ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    धेरै श्रम परे पनि तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ने अवस्था आउन सक्छ। लगानीको तुलनामा लाभांश कम देखिए पनि पछि फाइदा हुने काम सुरु हुनेछ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    छाेटाे समयमा आँटेको काम सम्पादन हुनेछ। नयाँ कामको अवसर पनि प्राप्त हुनेछ। नोकरी तथा पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ। समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    मिहिनेत परे पनि तारिफयोग्य कामको चर्चा हुनेछ। अरूका लागि समय दिनुपर्दा आफ्नो काममा विलम्ब हुन सक्छ। तापनि चिताएको काम सम्पादन हुनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। धेरैलाई फाइदा हुने काम गर्न सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। परिश्रम परे पनि मिहिनेतको उपलब्धि प्राप्त हुनेछ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते

    परिस्थितिवश काममा व्यवधान हुनेछ। पहिलेको समस्या दोहोरिनाले पुरानै काममा अलमलिनुपर्ला। यात्रा गर्दा धनमाल सुरक्षामा सजग रहनुहोला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। अध्ययनमा समय दिन नसकिएला। व्यावसायिक काममा पनि खर्च बढ्नेछ। उपलब्धि हातपार्न केही समय प्रतीक्षा गर्नुपर्ला।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आम्दानी पनि बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। विशेष उपहार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनुका साथै अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    समय लागे पनि अप्ठ्यारा चुनौतीहरू पार लाग्नेछन्। प्रयत्न गर्दा अधिकार सुरक्षित गर्न सकिनेछ। शत्रु र प्रतिस्पर्धीहरू पछि पर्नेछन्। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउने मौका छ। मुद्दामा आफ्नो पक्षको सुनुवाइ हुनेछ। प्रतिस्पर्धीहरूले सम्झौताका हात अघि बढाउनेछन्। बाहिरको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। आँट गर्दा काम बन्नेछ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    अध्ययनमा समय दिन नसकिए पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। लक्ष्यमा पुग्न समय लागे पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउनेछ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द

    परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    सहयोगीहरूको साथ जुट्नेछ भने कामका बाधाहरू पनि हट्नेछन्। मिहिनेतीहरूका लागि धेरै कुरा आर्जन गर्ने समय छ। शुभचिन्तकहरूले नयाँ कामतर्फ अग्रसर गराउनेछन्। पुराना समस्याको समाधान हुनेछ। भौतिक वस्तु तथा साधन–स्रोत जुटाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। उद्योग तथा व्यापार सम्बन्धी कामबाट विशेष लाभ हुनेछ।

    प्रतिकृया दिनुहोस्

    तीन जना सांसद निलम्बनमा, एक जना फरार : सहकारी ठगीदेखि भ्रष्टाचारसम्मका मुद्दा

    काठमाडौं, जेठ १ – प्रतिनिधिसभाका तीन जना सांसद हाल निलम्बनमा परेका छन् भने एक जना...

    मन्त्रिपरिषद्को निर्णय : सैनिक सरुवादेखि अन्तर्राष्ट्रिय सम्मेलन, शिक्षा र पूर्वाधारसम्म

    काठमाडौं, जेठ १ – सरकारले पछिल्लो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमार्फत विभिन्न महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको...

    मकै काट्ने मेसिन भित्रिएपछि कृषक उत्साहित

    मोरङ, जेठ १ – मोरङको दक्षिणी भेगमा पर्ने रंगेली, सुनवर्सी, रतुवामाई र धनपालथान गाउँपालिका लगायतका...

    पानीजहाज विधेयकमा ‘तोकिए बमोजिम’ शब्दप्रति असन्तुष्टि, संशोधनतर्फ विधायन समिति

    काठमाडौं, जेठ १ – राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी विधेयकमा...

    नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट

    काठमाडौं, जेठ १ – नेपाली सुनचाँदी बजारमा बिहीबार ठूलो गिरावट देखिएको छ। लगातार स्थिर देखिएको...