News Portal

च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने प्रतिष्ठित ८ टिम

हिमालीसंचार संवाददाता
४१० पटक

काठमाडौ – युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०-२१ को क्वाटरफायनलमा पुग्ने ८ टोलीको टुगो लागेको छ । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएपछि यस सिजन अन्तर्गत क्वाटरफाइनलका लागि ८ टोलीको छिनोफानो भएको हो ।

चेल्सीसँगै इंग्ल्याण्डबाट म्यानचेष्टर सिटी र लिभरपुलसहित सर्वाधिक ३ क्लबहरु क्वाटरफाइनल पुगेका छन् । जर्मनीबाट बार्यन  र बोरुसिया डर्टमण्ड क्वाटरफाइनल पुगेका छन् । यस बाहेक स्पेनबाट सर्वाधिक १३ पटकको च्याम्पियन रियल मड्रिडमात्र क्वाटरफाइनल पुगेको छ । स्पानिस क्लबहरु बार्सिलोना, एट्लेटिको मड्रिड र सेभिया भने अन्तिम १६ बाट बाहिरिएका छन्।

फ्रान्सबाट पेरिस सेन्ट जर्मने पीएसजी र पोर्चुगलबाट एफसी पोर्टो क्वाटरफाइनलमा पुगेका छन् । युरोपको शीर्ष पाँच लिगमध्ये इटालियन सिरी ‘ए’ बाट भने कुनै टोली क्वाटरफाइनल पुग्न सकेनन् । इटालियन क्लब युभेन्ट्स, लाजियो र एटलान्टा अन्तिम १६ बाटै बाहिरिएका हुन् ।

क्वाटरफाइनल पुगेकामध्ये म्यानचेष्टर सिटी र पीएसजी बाहेक अरु ६ क्लब पूर्वविजेता समेत हुन् । पीएसजी गत सिजन फाइनल पुगेपनि बार्यनसँग पराजित भएको थियो । सिटीको उत्कृष्ट नतिजा २०१६ मा सेमिफाइनल पुग्नु थियो ।

अब क्वाटरफाइनल र सेमिफाइनलका लागि शुक्रबार स्वीट्जरल्याण्डको नियोनमा खेल हुदैछ। क्वाटरफाइनलको पहिलो लिगका खेलहरु अप्रिल ६/७ मा हुनेछ भने दोस्रो लेग अप्रिल १३/१४ मा हुनेछ ।

त्यस्तै, सेमिफाइनलको पहिलो लेगका खेलहरु अप्रिल २७/२८ मा हुनेछ भने दोस्रो ग मे ४/५ मा हुनेछ । फाइनल खेल मे २९ मा टर्कीको स्तानबुलस्थित आटाटुर्क ओलम्पिक स्टेडियममा हुदैछ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...