News Portal

  • च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने प्रतिष्ठित ८ टिम

    हिमालीसंचार संवाददाता
    ३५१ पटक

    काठमाडौ – युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०-२१ को क्वाटरफायनलमा पुग्ने ८ टोलीको टुगो लागेको छ । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएपछि यस सिजन अन्तर्गत क्वाटरफाइनलका लागि ८ टोलीको छिनोफानो भएको हो ।

    चेल्सीसँगै इंग्ल्याण्डबाट म्यानचेष्टर सिटी र लिभरपुलसहित सर्वाधिक ३ क्लबहरु क्वाटरफाइनल पुगेका छन् । जर्मनीबाट बार्यन  र बोरुसिया डर्टमण्ड क्वाटरफाइनल पुगेका छन् । यस बाहेक स्पेनबाट सर्वाधिक १३ पटकको च्याम्पियन रियल मड्रिडमात्र क्वाटरफाइनल पुगेको छ । स्पानिस क्लबहरु बार्सिलोना, एट्लेटिको मड्रिड र सेभिया भने अन्तिम १६ बाट बाहिरिएका छन्।

    फ्रान्सबाट पेरिस सेन्ट जर्मने पीएसजी र पोर्चुगलबाट एफसी पोर्टो क्वाटरफाइनलमा पुगेका छन् । युरोपको शीर्ष पाँच लिगमध्ये इटालियन सिरी ‘ए’ बाट भने कुनै टोली क्वाटरफाइनल पुग्न सकेनन् । इटालियन क्लब युभेन्ट्स, लाजियो र एटलान्टा अन्तिम १६ बाटै बाहिरिएका हुन् ।

    क्वाटरफाइनल पुगेकामध्ये म्यानचेष्टर सिटी र पीएसजी बाहेक अरु ६ क्लब पूर्वविजेता समेत हुन् । पीएसजी गत सिजन फाइनल पुगेपनि बार्यनसँग पराजित भएको थियो । सिटीको उत्कृष्ट नतिजा २०१६ मा सेमिफाइनल पुग्नु थियो ।

    अब क्वाटरफाइनल र सेमिफाइनलका लागि शुक्रबार स्वीट्जरल्याण्डको नियोनमा खेल हुदैछ। क्वाटरफाइनलको पहिलो लिगका खेलहरु अप्रिल ६/७ मा हुनेछ भने दोस्रो लेग अप्रिल १३/१४ मा हुनेछ ।

    त्यस्तै, सेमिफाइनलको पहिलो लेगका खेलहरु अप्रिल २७/२८ मा हुनेछ भने दोस्रो ग मे ४/५ मा हुनेछ । फाइनल खेल मे २९ मा टर्कीको स्तानबुलस्थित आटाटुर्क ओलम्पिक स्टेडियममा हुदैछ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ८ गतेको राशिफल

    आज कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...