News Portal

९५ हजार घुसप्रकरण: गंगाजमुना गाउँपालिकाका २ कर्मचारी विरुद्ध अख्तियारले चलायो मुद्धा

हिमालीसंचार संवाददाता
६०२ पटक

काठमाडाैं – घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको गंगाजमुना गाउँपालिकाका दुई कर्मचारीविरुद्ध मुद्धा चलाएको छ। आयोगले गाउँपालिकाका लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा र इन्जिनियर पूजा कार्कीले सेवाग्राहीसँग ९५ हजार रुपैयाँ घुस रकम लिएको आरोपपत्र शुक्रवार विशेष अदालत, काठमाडौंमा दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन्।

आयोगका अनुसार सापकोटा र कार्कीले बाटोको ट्रयाक खोल्ने कार्यको सम्झौता भई काम सकिसकेपछि बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस रकम मागेका थिए। सापकोटाको निर्देशनमा कार्कीले घुस रकम लिएको अनुसन्धानबाट खुल्न आएको आयोगले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

आयोगको विज्ञप्तिमा यस्तो भनिएको छ: 
‘जिल्ला धादिङ, गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजन समेतको कामका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीद्वारा निज इन्जिनियर पुजा कार्कीलाई रु. ९५,०००।– (पन्चानन्बे हजार रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा जिल्ला धादिङ, गंगा जमुना गाउँपालिकामा कार्यरत लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा र इन्जिनियर पुजा कार्कीले बाटोको ट्रयाक खोल्ने कार्यको सम्झौता भई काम सम्पन्न पश्चात बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरी लेखा अधिकृत अर्जुन प्रसाद सापकोटाको निर्देशनमा निज पुजा कार्कीले आफू र लेखा अधिकृत अर्जुन प्रसाद सापकोटाको लागि रु. ९५,०००।–घुस रकम लिएको अवस्थामा बरामद भएको पुष्टि हुन आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज अर्जुन प्रसाद सापकोटा र पुजा कार्कीलाई जनही बिगो रु. ९५,०००।– (पन्चानब्बे हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...