News Portal

  • अमेरिकामा नेपाली ड्राइभरमाथि दुर्व्यवहार गर्ने महिला पक्राउ (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ७३१ पटक

    एजेन्सी – अमेरिकाको सन्फ्रान्सिस्कोमा अनलाइन ट्याक्सी सेवा उबरका नेपाली चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने एक महिला पक्राउ परेकी छिन्। सन्फ्रान्सिस्को प्रहरीका अनुसार बिहीबार २४ वर्षीया मलेसिया किङ नाम गरेकी महिला पक्राउ परेकी हुन्।

    प्रहरीका अनुसार उबरका चालक खड्काले गत आइतबार ट्याक्सीमा चढ्ने क्रममा महिलालाई मास्क लगाउन आग्रह गरेका थिए। यो दुर्व्यवहारबारे सार्वजनिक भएको भिडियोमा महिलाले मास्क लगाउन आग्रह गरेको भन्दै खड्काको मुखमा आएर पटकपटक खोकेकी थिइन्। साथै उनले चालक खड्काको मोबाइल खोस्ने प्रयाससमेत गरेकी थिइन् र उनले लगाएको मास्क खोलिदिएकी थिइन्।

    चालक खड्काका अनुसार उबरको नियमअनुसार ट्याक्सी चढ्ने सबैले मास्क अनिवार्यरुपमा लगाउनुपर्छ। आइतबार तीन जना महिला ट्याक्सीमा चढेका थिए। जसमध्ये अरु दुईजनाले मास्क लगाएका थिए तर एक महिलाले भने मास्क लगाएकी थिइनन्। खड्काले नियमअनुसार मास्क लगाउन सुझाए। उनले मास्क आफूसँग नभएको बताएपछि उनले मास्क किन्न ट्याक्सी ग्यास स्टेसन (पेट्रोल पम्प) तर्फ मोडे। ग्यास स्टेसन नपुग्दै उनीहरुले खड्कामाथि दुर्व्यवहार गरे।

    प्रहरीका अनुसार चालक खड्काले मास्क नलगाई ट्याक्सीमा राख्न नसक्ने बताएसँगै उनीहरुले हिँड्ने बेलामा खड्काको आँखामा पोल्ने खालको रसायन पनि छर्किएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले बताएको छ।

    खड्काले यस विषयमा सन्फ्रान्सिस्को प्रहरीमा उजुरी दिएका थिए। उनले आफू एसियाली मूलको भएकै कारण महिलाले आफूमाथि दुर्व्यवहार गरेको बताएका थिए। उनले आफूले उनीहरुलाई केही नराम्रो नभनेको भएपनि उनीहरुले दुर्व्यवहार गरेको उल्लेख गरे। उनले आफू नराम्रो भन्ने र गाली गलौज गर्ने संस्कारको मान्छे नभएको स्पष्ट पारेका थिए। खड्का ८ वर्षअघि अमेरिका गएका थिए।

    बिहीबार उबरले एक विज्ञप्ति जारी गर्दै उक्त दुर्व्यवहारमा संलग्न तीनैजनालाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उबरले कुनै पनि किसिमको रंगभेदी र कुनै पनि समुदायमाथि घृणा फैलाउने किसिमको कार्यको विरुद्धमा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...