News Portal

महिला आफै आत्मनिर्भर हुन सिक्नुपर्छ : डा.डिला संग्रौला

हिमालीसंचार संवाददाता
४२४ पटक

भक्तपुर – नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले महिलाले कसैसँग आस गर्ने भन्दा पनि आफै सकृय हुनुपर्ने बताउनुभएको छ। चाँगुनारायण नगरपालिका वडा न ३ अन्तर्गत दुवाकोट शुभमंगलम् चोकमा संचालित रानिशा ब्युटिपार्लरको उद्घाटन कार्यक्रममा उहाँले महिलालाई आत्मनिर्भर र हरेक क्षेत्रमा अग्रसर हुने विविध योजना संचालन गर्नुपर्नेमा जोड दिंनुभयो।

महिला अधिकारको सुनिश्चितताका साथै गुणात्मक सहभागिता बढाइनुपर्ने बताउँदै नेतृ संग्रौलाले महिलाहरु कसैको पछि लागेर भन्दा पनि आफैं सकृय भएर नेतृत्वमा आउनपर्ने बताउनुभयो। उहाँले पार्लर संचालन महिला सकृयता, सीप, सशक्तिकरण र सौन्दर्यको नमुना भएको भन्दै यसले महिलालाई आत्मनिर्भर बन्न प्रेरित गर्ने बताउनुभयो।

कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका जिल्ला अध्यक्ष पुष्करराज बुढाथोकी, महिला संघ भक्तपुरका अध्यक्ष सरु बानियाँ, संघका सिन्धुली जिल्ला अध्यक्ष गंगा दाहाल, सौन्दर्यकर्मी चाँदनी घिमिरे, संगीता फुयाँल आचार्य, सृजना मल्ल ठकुरीलगायतले रानिशा ब्युटिपार्लरको प्रगतिको कामना गर्नुभयो।

ब्युटिपार्लर संचालिका निरु शाह मल्ल ठकुरीले अतिथि सबै धन्यबाद ज्ञापन गर्दै सबैको साथ, सहयोग, माया अनि सद्भावको अपेक्षा गरिरहने बताउनुभयो। रु १५ लाखको लगानीमा संचालित ब्यटि पार्लरमा फेसियल, थे्रेडिङ लगायतका सेवा उपलब्ध हुनुका साथै यस सम्बन्धि तालिमसमेत प्रदान गरिने संचालिका ठकुरीले बताउनुभयो।

संचालिका निरु शाह मल्ल ठकुरीले यसै क्षेत्रको अनुभव र केही लगानी गरेर पार्लरलाई सौन्दर्य र यस सम्बन्धि तालिमको केन्द्र बनाउने सोच रहेको बताउनुभयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...