News Portal

स्थानीयले तोडफोड गरे गाउँपालिका अध्यक्षको घर

हिमालीसंचार संवाददाता
५२९ पटक

सर्लाही – चन्द्रनगर गाउँपालिकाको कार्यालय चन्द्रनगर नाढीमन ताल परिसरबाट बबरगन्जमा सार्न खोजेको भन्दै स्थानीयले चन्द्रनगर गाउँपालिकाका अध्यक्षको घरमा तोडफोड गरेका छन्। आक्रोशित स्थानीयले बुधबार दिउँसो बबरगन्जमा रहेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोको घर तोडफोड गरेको स्थानीय भाग्यनारायण साहले जानकारी दिनुभयो।

साविक चन्द्रनगर नाढी ताल परिसरमा रहेको कार्यालयलाई गाँउपालिका अध्यक्षले विशेष गाउँसभाबाट अनुमोदन गरेर घरनजिकै बबरगन्जमा सार्न खोजेपछि त्यसको विरोधमा स्थानीयले गएको शुक्रबारदेखि आन्दोलन गर्दै आएका छन्।

गाउँपालिकाका अध्यक्ष महतोले चन्द्रनगरमा केन्द्र रहेको कार्यालयलाई बबरगन्जमा सार्ने विभिन्न षड्यन्त्र गरेको भन्दै कामत, चन्द्रनगर, खड्काटोल लगायतका स्थानीयले गत शुक्रबारदेखि नै गाउँपालिकामा तालाबन्दीसहित लगातार धर्ना दिइरहेका नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति सत्यदेव सिंह दनुवारले बताउनुभयो। घर घेराउ गर्दै तोडफोड हुनथालेपछि त्यस क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको सर्लाही प्रहरीले जानकारी दिएको छ। (नेस)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...