News Portal

आज संसद भवन पुगेका प्रधानमन्त्री ओली केहीबेरमै बाहिरिए

हिमालीसंचार संवाददाता
३२३ पटक

काठमाण्डौ –  दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली १५ मिनेट अगाडि नै संसद भवन पुगे पनि केही बेरमै बाहिरिएका छन्।

प्रधानमंत्री ओली पौने एक बजे संसद भवन पुगेका थिए। १५ मिनेटपछि उनी संसद भवनबाट बाहिरिएका हुन्। बाहिर निस्कने क्रममा ओलीले केही बेर एमालेका नेता सुभास नेम्वाङसंग कुराकानी गरेका थिए। उनले पत्रकारहरुलाई  भने कुनै प्रतिक्रिया दिन चाहेनन्। भने,‘ यति भए भै’गो नि।’

संसद बैठक बस्न ढिलो हुने थाहा पाएपछि प्रधानमन्त्री बाहिरिनु भएको नेता सुबास नेम्बाङले जानकारी दिए। ‘बैठक चल्न ढिला हुने देखेर उहाँ बाहिरिनु भएको हो।’

यसअघि आइतबारको बैठक नेपाली कांग्रेस र जनता समाजवादीको अवरोधा कारण बैठक बस्न सकेको थिएन्। उक्त बैठकलाई प्रचण्ड नेपाल समूहले बहिस्कार गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...