News Portal

संसद सचिवालयमा अध्यादेश खारेज हुनुपर्ने मागसहितको सूचना दर्ता

हिमालीसंचार संवाददाता
२९६ पटक

काठमाडौं – प्रतिनिधिसभा पुनःस्थापनापछि हिउँदे अधिवेशनको दोस्रो बैठक आज बुधबार बस्दै छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी जसपाले संसद अवरुद्ध गरेपछि प्रतिनिधिसभाको पहिलो बैठक नै सूचना टाँसेर आजसम्मका लागि स्थगित भएको थियो ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका यशोदा सुवेदी, टेकबहादुर बस्नेत, दुर्गाकुमारी विक, सन्तकुमार थारू तथा जनता समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण र मोहम्मद इस्तियाक राईले अध्यादेश खारेज हुनुपर्ने मागसहितको सूचना दर्ता गराएका छन् ।

कांग्रेस, माओवादी केन्द्र र जसपाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे सचिवालयमा विरोधको सूचना दर्ता गरेकाले आजको बैठक सहज रूपमा सञ्चालन हुने कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् ।

सरकारले तीन महिनाअघि जारी गरेको संवैधानिक परिषद्को कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश पारित हुन नदिने कांग्रेस, माओवादी र जसपाको रणनीति छ ।

उनले भनिन्, ‘हामीले हिजो विरोध पत्र दर्ता गराइसकेका छौं । आज त्यसमाथि छलफल हुन्छ । त्यो हुँदा सदन सहज ढंगले नै सुचारु हुन्छ । त्यो पारित हुन नदिने हाम्रो रणनीति छ ।’

यता संसद् सचिवालयले बुधबार दिउँसो एक बजे बस्नेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूची सोमबार नै सार्वजनिक गरेको थियो । उक्त कार्यसूचीमा सात वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...