News Portal

मुख्यमन्त्री रावतद्वारा राजीनामा

हिमालीसंचार संवाददाता
३८५ पटक

एजेन्सी – भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले राज्यपाल बेबी रानी मौर्यलाई आफ्नो राजीनामा बुझाएका हुन्।

राजीनामा बुझाएपछि उनले राजीनामा बुझाउने आफ्नो नभइ पार्टीको निर्णय भएको बताएका बीबीसी हिन्दीले जनाएको छ। रावतले राजीनामाका विषयमा जानकारी दिन बुधवार सांसदहरूको बैठक बोलाएका छन्।

भारतीय जनता पार्टीको तर्फबाट मुख्यमन्त्री बन्नुभएका रावत केही दिनदेखि राजीनामाको दबाब बढ्दै गएको थियो। सन् २००० मा गठन भएको उत्तराखण्ड राज्यमा अहिलेसम्म ८ जना मुख्यमन्त्री बनिसकेका छन्। ७० सदस्यको उत्तराखण्डको विधानसभामा अहिले भाजपाका ५६, कांग्रेसका ११ र दुई जना स्वतन्त्र विधायक छन्। एक सिट खाली छ।

बहुमत भएपनि पार्टीभित्रको असन्तोषका कारण रावतलाई पदबाट राजीनामा गर्न लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भाजपाले मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतका कारण उत्तराखण्डका मानिसमा सरकारप्रतिको धारणा नकारात्मक बनेको आरोप लगाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...