News Portal

बैंकिङ घोटाला: अख्तियारले गर्यो विशेष अदालतमा १३६ जना विरुद्ध मुद्दा दायर

हिमालीसंचार संवाददाता
४८३ पटक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि अनुसन्धानमा रहेको एक बैंकिङ घोटालासम्बन्धी विषयमा मिहिन छानबिन गरी आज एकैपटक १३६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले झण्डै रु ४० करोड बराबरको घोटाला भएको तथ्यसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सरकारी स्वामित्वको नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि र सो फाइनान्ससमेत ‘मर्ज’ भई बनेको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा कोषको तर्फबाट सञ्चालकमा नियुक्त भएका नवौँ तहका कर्मचारी छविरमण अधिकारीले गलत तरिकाले कर्जा प्रवाह गरेको पाइएको छ। उक्त बैंक हाल नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा समाहित भएको छ।

आयोगका अनुसार सो बैंकको दरबारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जामा न्यूनतम मापदण्डसमेत नअपनाएको पाइएको छ। लापर्वाही तवरले ठूलो मात्रामा कर्जा प्रवाह भएको तथा हिनामिना, हानी नोक्सानी गरिएको पाइएको छ। धितोको मूल्याङ्कन गर्दासमेत बदनियत राखिएको पाइएको छ।

आयोगले साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सञ्चालक वसन्त मल्ल, वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध सञ्चालक मधुवनलाल श्रेष्ठ, इनोभेटिक कन्सेप्ट नेपालका सञ्चालक मनोजकुमार भेटवाल, ऋणी भैरवप्रसाद भेटवाल र रविन लामासमेतलाई पक्राउ गरी विशेष अदालतमा पेश गरेको छ।

आयोगले कूल ११ मुद्दामा फरक फरकरुपमा नागरिक लगानी कोषका तर्फबाट सञ्चालक रहेका छविरमण अधिकारीसमेत गरी १३६ विरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। उनीहरु विरुद्ध बिगोअनुसारको कारवाहीको माग गरिएको छ। रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...