News Portal

व्यक्तिगत रिसइबीका कारण साथीको हत्या

हिमालीसंचार संवाददाता
७४१ पटक

सुरेश बिडारी
वीरगञ्ज – बारा निजगढका १८ वर्षीय रोहित शर्माको हत्या उनकै साथीले व्यक्तिगत रिसइबीका कारण गरेको खुलेको छ। प्रहरीले शर्माको हत्या आरोपमा रौतहट चन्द्रपुर-४ का २९ वर्षीय अरूणकुमार साहलाई पक्राउ गरेपछि प्रारम्भिक अनुसन्धानबाट रिसइबीका कारण हत्या भएको खुलेको हो।

बाराको निजगढ नगरपालिका–९ बुद्ध चोकस्थित घरमै सुतेको ठाउँमा धारिलो हतियार प्रहारबाट शर्माको हत्या भएको थियो। प्रारम्भिक सोधपुछको क्रममा अभियुक्त अरूणकुमार साहले मृतक शर्मासँग पहिलादेखि नै रिसइवी रहेको बताएको प्रहरीले जनाएको छ।

उनीहरुबीच लागूऔषध सेवन गर्ने विषयमा विवाद भइरहने गरेको र त्यही कारण हत्या भएको प्रहरीको दाबी छ। अघिल्लो दिन उनीहरु सँगै बसेर लागू औषध गाँजा, ट्याबलेट र रक्सी सेवन गरेको प्रहरीले जनाएको छ। अभियुक्त साहले आफूलाई शर्माले पेस्तोल हानेर मारिदिन्छु भनेर अपमानित गरेका कारण हत्या गरेको बताएको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए।

‘मार्ने मनसाय अनुसार नै चक्कुसहित अघिल्लो दिन राति ऊसँगै गएर घरमा नै सुतेको रहेछ। राति साढे ९ बजेदेखि नै उनीहरु सँगै थिए,’ एसपी शाहीले भने, ‘बिहान करिब ४ बजेतिर चक्कु प्रहार गरी हत्या गरेको र त्यसपछि मोटरसाइकलमा भागेर चन्द्रपुरस्थित घरमा गएर कपडा बदलेर पसलमा गई बसेको हुँ भनेको छ। साहविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्नुका साथै घटनामा अन्यको संलग्नता भए नभएको अध्ययन भइरहेको प्रहरीले जनाएको छ।

हत्यापछि अभियुक्त निस्कँदा प्रयोग गरेको मोटरसाइकललाई पछ्याउँदै जाँदा अभियुक्तसम्म पुगेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। हत्या गरेर निस्कँदा प्रयोग गरेको बाइकलाई फलो गर्‍यौं। झगडा भएको देख्ने मानिसहरुसँग बुझेका छौं।

यो मान्छे नभनेपनि यो कारणले हत्या भएको हो भन्ने पत्ता लागिसकेको थियो,’ उनले भने, ‘जसलाई फलो गर्‍यौं, उसको हातमा क्राइम गर्दाका क्रममा लागेको चोटपटक र क्राइममा प्रयोग भएको चक्कु र रगत लागेको कपडा भेटियो। यसरी पक्राउ गर्न सफल भयौं। मैले नमारेको भए उसले मलाई नै मार्ने थियो’ भन्ने अभियुक्त साहको भनाइ रहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...