News Portal

इटहरीमा पनि ब्युँतियो नेकपा एमालेको कार्यालय, नेकपाको बोर्ड हटाएर नेकपा एमाले

हिमालीसंचार संवाददाता
४४४ पटक

इटहरी – सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर साविक एमाले र माओवादी केन्द्र ब्युँताएसँगै सुनसरीको इटहरी उपमहानगरपालिकाले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगर कमिटीले इटहरी ६ स्थित पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेको हो । पार्टी कार्यालयमा रहेको नेकपाको बोर्ड हटाएर युवाहरुले नेकपा(एमाले)को बोर्ड राखेका हुन् । पार्टीको काम, कारबाही अबदेखि सोही कार्यालयबाट हुने पनि युवा संघले जनाएको छ ।

इटहरी उपमहानगरपालिकाको अध्यक्ष कमल दाहालले प्रेश विज्ञप्ती जारी गर्दै बोर्ड राख्ने, कार्यालय खोल्ने, राष्ट्रिय युवा संघ नेपालको नगर कार्यालयसमेत सञ्चालनमा ल्याइएको पनि जानकारी दिएका छन् । उनले सोही कार्यालयबाट नेकपा एमाले पार्टी कार्यालय सञ्चालनमा आएको र सम्पूर्ण गतिविधिहरु सोही कार्यालयबाट सञ्चालन हुने पनि उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...