News Portal

इटहरीमा पनि ब्युँतियो नेकपा एमालेको कार्यालय, नेकपाको बोर्ड हटाएर नेकपा एमाले

हिमालीसंचार संवाददाता
३५८ पटक

इटहरी – सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर साविक एमाले र माओवादी केन्द्र ब्युँताएसँगै सुनसरीको इटहरी उपमहानगरपालिकाले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगर कमिटीले इटहरी ६ स्थित पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेको हो । पार्टी कार्यालयमा रहेको नेकपाको बोर्ड हटाएर युवाहरुले नेकपा(एमाले)को बोर्ड राखेका हुन् । पार्टीको काम, कारबाही अबदेखि सोही कार्यालयबाट हुने पनि युवा संघले जनाएको छ ।

इटहरी उपमहानगरपालिकाको अध्यक्ष कमल दाहालले प्रेश विज्ञप्ती जारी गर्दै बोर्ड राख्ने, कार्यालय खोल्ने, राष्ट्रिय युवा संघ नेपालको नगर कार्यालयसमेत सञ्चालनमा ल्याइएको पनि जानकारी दिएका छन् । उनले सोही कार्यालयबाट नेकपा एमाले पार्टी कार्यालय सञ्चालनमा आएको र सम्पूर्ण गतिविधिहरु सोही कार्यालयबाट सञ्चालन हुने पनि उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...