News Portal

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

सर्वोच्चको फैसला न्यायिक नभइ राजनीतिक: जनार्दन शर्मा

हिमालीसंचार संवाददाता
३२४ पटक

काठमाडौं – सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक बस्दै छ ।

स्थायी कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाको नाम विवादमा फैसला गर्दै ऋषी कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ । साथै केपी शर्मा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रलाईसमेत व्युँताइदिएको छ ।

यो फैसलालाई प्रचण्ड-माधव समूहले निवेदकको माग दाबीभन्दा बाहिर गएर रिट जारी गरिएको भन्दै विरोध जनाएको छ । प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्माले सर्वोच्चको फैसला न्यायिक नभइ राजनीतिक भएको टिप्पणी गरे । अब कानुनका जानकार र पार्टीभित्र छलफल गरेर कसरी अघि बढ्ने भनेर एउटा टुंगोमा पुग्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...