News Portal

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

सर्वोच्चको फैसला न्यायिक नभइ राजनीतिक: जनार्दन शर्मा

हिमालीसंचार संवाददाता
४०२ पटक

काठमाडौं – सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक बस्दै छ ।

स्थायी कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाको नाम विवादमा फैसला गर्दै ऋषी कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ । साथै केपी शर्मा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रलाईसमेत व्युँताइदिएको छ ।

यो फैसलालाई प्रचण्ड-माधव समूहले निवेदकको माग दाबीभन्दा बाहिर गएर रिट जारी गरिएको भन्दै विरोध जनाएको छ । प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्माले सर्वोच्चको फैसला न्यायिक नभइ राजनीतिक भएको टिप्पणी गरे । अब कानुनका जानकार र पार्टीभित्र छलफल गरेर कसरी अघि बढ्ने भनेर एउटा टुंगोमा पुग्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...