News Portal

तेलका ट्याङ्करहरुको साँचो खोसिने, सुरक्षा निकायका चालकले चलाएर काठमाडौं ल्याउने

हिमाली संचार संवाददाता
६९० पटक

काठमाडौँ- पेट्रोलियम पदार्थ ढुवानीमा हड्तालका कारण ठप्प रहेका तेलका ट्यांकरहरु सुरक्षा निकायका चालकले ल्याउने
भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार सुरक्षा निकायका चालकहरुलाई हवाई जहाजबाट पठाएर तेलका ट्याङ्करहरु काठमाडौँ ल्याउने भएको छ ।

प्लेन चार्टर गरेर भए पनि सुरक्षा निकायका क़रीब ६० चालकहरुलाइ देशका विभिन्न डिपोहरूमा पठाउन लागिएको मन्त्रालयले जनाएको छ ।

हडतालमा उत्रिएका चालकहरुबाट साँचो लिएर ट्यांकर काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ ।

सुरक्षा निकायका चालकलाई भैरहवा र सिमरा आजै पठाइरहेको छ ।

गत मंगलबारदेखि सार्वजनिक यातायातका चालकहरुले नयाँ मुलुकी संहितामा तोकिएका कतिपय सजायसँग सम्बन्धित व्यवस्थाको विरोध गर्दै गाडी नचलाउनुका साथै चलाउनेलाई समेत कारवाही गर्ने धम्की दिएपछि ट्याङ्कर चालकहरुले पनि ढुवानी गरेका छैनन् ।

प्रतिकृया दिनुहोस्

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...