News Portal

मुक्तक

हिमाली संचार संवाददाता
१०८९ पटक

पाँच मुक्तक

कल्पना खड्का

फाटेको कपडाले कहिल्यै धर पाएन।
कुन बर्खा,कुन हिउँद केही असर पाएन।
तीन-तीन तहमा सरकार बनेर के भो र?
गाउँका गरीब बस्तीले कसैको नजर पाएन।

कलियुगमा दुष्टहरुकै फलिफाप हुन्छ रे
ग्रह-शान्ती सुधार्नलाई पूजा पाठ हुन्छ रे
विदुरहरुले जोडी बाँधिन मिल्ने यहि समाजमा
विधवाहरुले विवाह गरे महापाप हुन्छ रे।।


घ्यू पारी बेच्छन् ,कहिले तेल पेलि बेच्छन्
खानै नपुगेर होला सारा नालिबेली बेच्छन्
ब्यापारीको उदेश्य नाफा कमाउनु हो आखिर
त्यसैले कोठिहरुमा लगिआफ्नै छोरीचेलि बेच्छन्।।


आँसु र पसिनाले भिजेको मुहार राम्रो देखिन्छ।
गरिरहनु नै पर्दैन सोह्र शृंङ्गार राम्रो देखिन्छ ।
अरुको काँधमा चढेर रमाउनेहरुले बुझिराख्नु
आफ्नै खुट्टामा उभिएर हेर्दा संसार राम्रो देखिन्छ।

पसिनाको कमाई कहिल्यै अती भएन।
कु-कर्ममा लागेर कमाउने मति भएन ।
साथीहरु सोध्छन् अवस्था किन बिग्रीएको?
हाँस्दै भन्छु सोझो पाराले प्रगति भएन।

महालक्ष्मी न.पा.४ धनकुटा
हाल काठमाडौ

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...