News Portal

खगेन्द्र गिरि “कोपिला”का पाचँ मुक्तकहरु !

हिमालीसंचार संवाददाता
४२१ पटक

मुक्तक – १
कति टाढा,होला कुन्नी, हिउँचुलीको फेदि।
नाप्न रहर लागेको छ मेरो नजरदेखि।
त्यहीनीर बनाएर भव्य यज्ञशाला।
कैले पूजा गर्ने होला चढाएर भेटि?

मुक्तक – २
आँखाको डिलमा आएर बस्न, कसले भन्यो हजुरलाई?
भाव-महफिलमा आएर बस्न, कसले भन्यो हजुरलाई?
आँधी तुफान आएजस्तो गरि, ठूलो हलचल मच्चाएर।
अनायास दिलमा आएर बस्न, कसले भन्यो हजुरलाई?

मुक्तक – ३
भयो भैगो, भनें तर, उर्लिदिन्छ रहर।
नआ भन्दा, पनि आउँछ, सम्झनाको लहर।
ढुक्ढुकीले, पुग्छु भन्छ, हरेक रातीराती।
क्षितिजपारि,भए पनि, जुन्किरीको शहर।

मुक्तक – ४
हजुर नदी बनी दिनु म पौडिदिउँला।
हजुर बाटो बनी दिनु म दौडिदिउँला।
लज्जावति फूलझैं हजुर खुम्चिएको बेला।
मीठो सुगन्ध बनेर म चौडिदिउँला।

मुक्तक – ५
प्रणायाम, ध्यान गरौंला, योग गरौंला।
कैले खुसी अनि कैले शोक गरौंला।
समय, रहर र अनुभूतिहरुको।
मिलेर बाँडेर सम-भोग गरौंला।

– खगेन्द्र गिरि “कोपिला”
नेपालगंज, बाँके।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...