News Portal

आयो कलि धपक्कै बलि

हिमाली संचार संवाददाता
७०२ पटक

– अन्जानयात्री विश्वप्रकाश

अहंकार भरी संतोषजनक छैन कतै
मारामार गरि निराशाजनक जताततै
स्नेह ममताका ध्रुवीकरण हुन्न यहिँ
सद्भावनाका ती एकीकरण छैन कहिँ

धनको नै जोहोमा बेच्यो ईमान जवान
ईज्जत प्रदा नै चुक्यो झन्झन छ नदान
टेक्ने धर्ती नि पापले भासिन्छ कुनदिन
अबोधका नै श्रापले नासिन्छ एकदिन

जीवन क्षणिकको झै गरि बुद्धि गरे भ्रष्ट
हत्याहिंसा अहो मोह परि वृद्धि छ स्पष्ट
मै खाम मै लाम कलिको मायाँ र जाल
निर्दोष बदनाम त बनिगो भया र काल

रगतपसिनाका हुन्न रे हिसाब र किताब
निर्धो निमुखा रहन्न अरे न्याय र निसाफ
आफन्ती मै भयो बेमानी सर्लक्कै छलि
अशान्ति उपद्रो आयो कलि धप्पकै बलि।।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...