आज : २०२६-०७-२८, मङ्गलबार

आयो कलि धपक्कै बलि

– अन्जानयात्री विश्वप्रकाश

अहंकार भरी संतोषजनक छैन कतै
मारामार गरि निराशाजनक जताततै
स्नेह ममताका ध्रुवीकरण हुन्न यहिँ
सद्भावनाका ती एकीकरण छैन कहिँ

धनको नै जोहोमा बेच्यो ईमान जवान
ईज्जत प्रदा नै चुक्यो झन्झन छ नदान
टेक्ने धर्ती नि पापले भासिन्छ कुनदिन
अबोधका नै श्रापले नासिन्छ एकदिन

जीवन क्षणिकको झै गरि बुद्धि गरे भ्रष्ट
हत्याहिंसा अहो मोह परि वृद्धि छ स्पष्ट
मै खाम मै लाम कलिको मायाँ र जाल
निर्दोष बदनाम त बनिगो भया र काल

रगतपसिनाका हुन्न रे हिसाब र किताब
निर्धो निमुखा रहन्न अरे न्याय र निसाफ
आफन्ती मै भयो बेमानी सर्लक्कै छलि
अशान्ति उपद्रो आयो कलि धप्पकै बलि।।