News Portal

धरानका मेयर राईद्वारा “याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोष’मा २५ हजार सहयोग

हिमालीसंचार संवाददाता
३०९ पटक

धरान – धरानका मेयर तिलक राईले प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज सुनसरीले स्थापना गरेको प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा मेयर राईले आज बुधबार रु. २५ हजारको चेक हस्तान्तरण गरेका हुन ।

फोनिजको तर्फबाट गठन गरिएको तीन सदस्यीय समितिका संयोजक जनकऋषि राईले मेयर राईले २५ हजार सहयोग गरेसँगै याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा १ लाख रुपैयाँ पुगेको बताए । उनले उक्त कोषमा १ लाख रुपैयाँ पुर्याउने लक्ष्य आज पुरा भएको जानकारी दिए ।

‘हाम्रा अग्रज पत्रकार, नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष याम प्रधान, उहाँ चाहिँ नेपाल पत्रकार महासंघ केन्द्रीय समितिबाट पनि प्रेस स्वतन्त्रता सेनानी भन्ने सम्मान पाइसक्नु भएको र नेपाल पत्रकार महासंघ सुनसरीको पनि पूर्व अध्यक्ष भइसक्नु भएको, उहाँको सम्मानमा हामीले प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोष राख्ने अभियान फोनिजले, त्यसको लागि मेयरसाबसंग कुराकानी गरेका थियौँ।

आदिवासी पत्रकारहरूको अहिलेसम्म कोष पनि छैन, हाम्रो सोच यस्तो छ भनेपछि उहाँले आदिवासी जनजाति पत्रकारहरूलाई सहयोग पुग्नेगरी र आदिवासी पत्रकारहरूको श्रीवृद्धिको लागि रु. २५ हजार मेयर राईले प्रदान गरेका हुन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...