News Portal

धरानका मेयर राईद्वारा “याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोष’मा २५ हजार सहयोग

हिमालीसंचार संवाददाता
३२९ पटक

धरान – धरानका मेयर तिलक राईले प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज सुनसरीले स्थापना गरेको प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा मेयर राईले आज बुधबार रु. २५ हजारको चेक हस्तान्तरण गरेका हुन ।

फोनिजको तर्फबाट गठन गरिएको तीन सदस्यीय समितिका संयोजक जनकऋषि राईले मेयर राईले २५ हजार सहयोग गरेसँगै याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा १ लाख रुपैयाँ पुगेको बताए । उनले उक्त कोषमा १ लाख रुपैयाँ पुर्याउने लक्ष्य आज पुरा भएको जानकारी दिए ।

‘हाम्रा अग्रज पत्रकार, नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष याम प्रधान, उहाँ चाहिँ नेपाल पत्रकार महासंघ केन्द्रीय समितिबाट पनि प्रेस स्वतन्त्रता सेनानी भन्ने सम्मान पाइसक्नु भएको र नेपाल पत्रकार महासंघ सुनसरीको पनि पूर्व अध्यक्ष भइसक्नु भएको, उहाँको सम्मानमा हामीले प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोष राख्ने अभियान फोनिजले, त्यसको लागि मेयरसाबसंग कुराकानी गरेका थियौँ।

आदिवासी पत्रकारहरूको अहिलेसम्म कोष पनि छैन, हाम्रो सोच यस्तो छ भनेपछि उहाँले आदिवासी जनजाति पत्रकारहरूलाई सहयोग पुग्नेगरी र आदिवासी पत्रकारहरूको श्रीवृद्धिको लागि रु. २५ हजार मेयर राईले प्रदान गरेका हुन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...