News Portal

धरानको सर्दु खोला भित्र बनाएको छाप्रो नगर प्रहरीद्वारा भत्काएर सामाग्री नियन्त्रणमा

हिमालीसंचार संवाददाता
३६९ पटक

धरान – धरान उपमहानगरपालिका धरान-१७ स्थित नमुना सुन्दर बस्तीको पश्चिमपट्टिको सर्दु खोला भित्र बनेका चार वटा छाप्रो घर र १ सय घेरा बेरा नगर प्रहरीले भत्काइएको छ।
आज बिहान धरान उपमहानगरपालिकाको नगर प्रहरीको टोलीले गस्ती गर्दै जाने क्रममा खोला भित्र बगरमा ४ वटा टिन र बासको भाटाले बारिएको छाप्रो घर र खोला बगरमै १ सय वटा घेरा बेरा गरी जग्गा अतिक्रमण गरेको फेला परेपछि धरान नगर प्रहरीले ४ वटा छाप्रो घर र घेरा बेरा भत्काएर नियन्त्रणमा लिएको छ ।

नगरको सर्दु खोला बगरमा यति धेरै घेरा बेरा कसले गर्‍यो ? भन्ने सन्दर्भमा स्थानीयवासीले राति राति बनाउने र आफूहरूले नचिनेको बताएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए। धरानमा सुकुम्वासी बसोबास खुलेको छ भन्ने हल्ला नगर बाहिर चलेकाले धरान बाहिरबाट सुकुम्वासी बसोबासका लागि आएको स्थानीयले बताएका छन् ।

नयाँ बनेको संरचनाहरू भत्काउनेक्रममा कोही पनि दाबी तथा विरोध गर्न नआएको धरान उपमहानगरपालिका नगर प्रहरीले बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...