News Portal

मकैको ठाङ्गग्रा हाल्नेलाई छुट छैन : नगरप्रमुख शाही

हिमाली संचार संवाददाता
१०८४ पटक

प्रविन शाही
चामुण्डा (दैलेख) – आर्थिक समृद्धिको मुख्य आधार मानिन्छ बनजंगल अधिकाँङस जिल्लाका पश्चिमी भुभागमा रहेका सामुदाहिक जंङगलहरु फडानि र अतीक्रमण भईरहेका छन ।

तेस्तै जिल्लाको चामुण्डाबिन्द्रासैनि नगरपालीकाले अहिले निकै रणनिती अपनाएको छ । रामघाट सव डिभिजन वन कार्यलय चामुण्डबिन्द्रासैनिले बिहीवार नगरपालीकाको कार्यलयमा १ दिने कार्यक्रम गरेर वर्तमान अबस्थामा वन जंगलको अबस्था र दिर्घकालीन रणनिती सम्बन्धि अन्तरक्रिया कार्यक्रम कार्यक्रम गरीएको थियो ।

हरयिो वन नेपालको धन भनेझैैँ नगरपालीका भित्र रहेका सबै वनहरुमा वन अतिक्रमण गर्ने फडानी गर्ने जोकोही लाईपनि छुट नदिन चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सुर्यबहादुर शाहीले रामघाट सव डिभिजन वन कार्यालयलाई निर्देशन दिएका छन ।

मकै राख्नका लागि वन फडानी गर्नेलाई वन कार्यालयले छुट दिने उनले बताए । ‘मकै राख्ने भकारी दिन्छौँ, वन काट्ने र अतिक्रमण गर्नेलाई छुट् नदिने कसैले मेरो मकै धेरै भयो, राख्नका लागि भकारी छैन भनी निवेदन दिएपछी ‘ नगरपालीकाले मकै राख्नका लागी भकारी दिने ।’ र मकैको ठाङग्रा हाल्नेलाई छुट नदिने बताएका छन ।

शाहीले वन फडानि गरी मकैको ठाङग्रो हाल्ने व्यक्तिको फोटो सामाजिक संजालमा फेसबुकमा खोजि राख्न र अनावश्यक चिज फेसबुकमा राखेर समय बर्वाद नगर्न सबलाई आग्रह गरेका छन । प्राविधिको युगमा सामाजिक सञ्जालको माध्यमबाट वन सरक्षणको अभियान संचालन गर्नपर्ने वन फडानी गर्ने मात्र होइन, सार्वजनिक पदधार गर्ने व्यक्तिको घर आगनमा बोटविरुवा नरोपेको पाएमा पनि फोटो खिचेर सामाजिक संजालमा राख्ने समेत आग्रह गरेका छन ।

तस्तै जल, जंगललाई संरक्षण गर्न सकिएन भने आत्म निर्भरको सपना चक्नाचुर हुनेजस्तै गर्छन । साथै, नाङा डाडाकाडाहरुमा वृक्षारोपण गरी वन संरक्षण गर्नुपर्ने पर्छ भन्दै नीति र कानून राज्यले मात्र कार्यान्वयन गर्न नसक्ने कानून कार्यान्वयमा नागरिकको महत्वपुर्ण भुमिका हुनेमा नगरउपप्रमुख ताराकुमारी शाहीले बताईन । साथै कसैले पनि वृक्षारोणको नाममा जन्ताको आखामा छारो हाल्न नपाउने बताईन ।

तस्तै रामघाट सव डिभिजन वन कार्यालय चामुण्डा फरेष्टर राजराम रावलले जाने बुझेका व्यक्तिहरुबाट नै बढी वन अतिक्रमण हुने गरेको र आगामी दिनका आफ्नो कार्यालयले कार्यसम्पादन गर्दा जनप्रतिनीधि र नागरिक समाजले सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा नगरपालीकाका सबै वडाका वडाध्यक्षहरुले नागरिक समाज गैर–जिम्मेवार हुदाँ वन अतिक्रमण बढ्दै गएकोमा जोड दिए । उनीहरु ‘जबसम्म नागरिक समाज क्रियाशिल हुदैन, ‘तबसम्म वन संरक्षण सम्बन्धी नीति कार्यान्वयमा चुनौती आउने दावी गरे । वन कार्यालय र नगरपालिका र वडा कार्यालयबाट मात्र वन संरक्षण असम्भव हुनेमा जोड दिए ।

उक्त वन उपभोक्ता समितिका प्रतिनिधिहरु तथा नागरिक समाजका अगुवाहरुले प्रत्येक वडामा वन संरक्षण सम्बन्धी जनचेतना मुलक कार्यक्रम र समय–समयमा छड्के अनुगमन गर्न वन कार्यालयलाई सुझाव दिएका छन ।

तसैगरी कार्यक्रममा नीजि वन, संघ संस्थाबाट संरिक्षत वन जथाभावी वन ऐन विपरित जथाभावी वन काटमास/बेचविखन गरेको पाइएमा वन ऐन अनुसार कारवाही गरिने निर्णय भएको वन रक्षक राजेन्द्र धमलाले जानकारी दिए ।

कोही कसैले पनि संरक्षित वन क्षेत्र भित्र छाडा चौपाया छोडेमा नियमानुसार कारवाही होस भनि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता संगै नगरपालिका सबै वडाहरुमा छड्के गस्ती वन र प्रहरी चौकीले संयुक्त रुपमा गर्ने निर्णय भएको उनले बताए।

नगरपालिकाका सबै वडाहरुमा वन सम्बन्धी सचेतना कार्यक्रम गरिने वन रक्षक धमलाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...

आज २०८३ साल वैशाख ३ गतेको राशिफल

आज वैशाख ३, २०८३ ( अप्रिल १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...