News Portal

एनआरएन साउदीद्वारा अलपत्र परेका नेपालीको उद्धारका लागी ४९ लाख सहयोग

हिमालीसंचार संवाददाता
३९५ पटक

साउदीअरेबिया – एनआरएन साउदीले कोरोना भाइरस लगायत विभिन्न कारणले अलपत्र परेका नेपालीको उद्धारको लागि १ लाख ६५ हजार ४ सय ४७ साउदी रियाल सहयोग गरेको छ।

एनआरएन साउदीका अनुसार कोरोना भाइरसलगायत विभिन्न कारणले अलपत्र परेका, रोजगार गुमेर स्वदेश फिर्ताका लागि समस्यामा रहेका १ सय ७ जनाका लागि पिसीआर टेस्टिङ, ८२ जनाको लागि हवाई टिकटको व्यवस्था, ५ सय ३७ जनाको लागि खाद्यान्न व्यवस्थासँगै सयौंको संख्यामा नेपाली श्रमिकहरुलाई पैरवी पहल, कानुनी परामर्श सहित साउदी अरेबियाका विभिन्न शहरहरुमा आउटेज क्यामपिङ एवम् पासपोर्ट सहजीकरणमा सहयोग गरेको छ।

पीडित नेपालीको लागि स्थाइ तथा अस्थाइ रूपमा साउदीका विभिन्न शहरमा सेल्टर व्यवस्था, पीडित नेपालीको लागि यातायात व्यवस्थासमेत गरी हालसम्म १ लाख ६५ हजार ४ सय ४७ साउदी रियाल सहयोग गरेको छ। एनआरएन साउदीले आइएलओ प्रोजेक्टमा घोटला गरेको समाचार हलिउडखबरअनलाइनद्वारा प्रकाशित भएको थियो।

यस प्रोजेक्ट घोटला प्रकरणमा साउदीका इन्चार्ज मध्यपूर्वका क्षेत्रीय उपसंयोजक (डिआर्सी) जोन अर्याल, आइसीसी सदस्य यस्मीन बेगम सैयद, साउदीका अध्यक्ष तेज थापा, कोषाध्यक्ष सन्तोष लुइँटेल, लाल मगर, पूर्व क्षेत्रीय उपसंयोजक राजु सैयदले पारिश्रमिक लिने, बिना जानकारी ६ जना भोलेण्टर नियुक्ति गरी मासिक ६ सय ५० देखि ९ सय अमेरिकी डलर तलव लिनेलगायत विविध कारणबारे जानकारी गरेलगत्तै एनआरएन साउदीले भर्चुअल भेलासँगै प्रेस विज्ञप्तिद्वारा खण्डन गरेको छ।

एनआरएन साउदीले गरेका आइएलओ प्रोजेक्टलगायत विविध गतिविधिप्रति बिनाप्रमाण भ्रामक समाचार, कुप्रचार आधारहीन आरोप विभिन्न संजालबाट आएकोले घोर आपत्ति जनाएको छ। दुस्प्रचार तथा भ्रामक अफवाह फैलाउनेप्रति खेद प्रकट गर्दै तत्काल छानबिन गरी कारवाही गर्नसमेत माग गरेको छ।

साथै संस्थाले गरेका सामाजिक कार्यदेखि आर्थिक कारोबारबारे बुझ्न संस्थाको वेवसाइमा अवलोकन गर्न समेत आग्रह गरेको छ। सघंद्वारा यस प्रोजेक्टको लागि हालसम्म ६२ लाख २४ हजार ७ सय ८८ रूपैयाँ प्राप्त गर्नुको साथै साउदीमा अलपत्र परेका नेपालीको लागि सहयोग स्वरुप १ लाख ६५ हजार ४ सय ४७ साउदी रियाल सहयोग गरेको छ।

संघको कोषमा ३४ हजार १ सय ९५ साउदी रियल बाकी रहेको जानकारी समेत गरेको छ। साउदीमा श्रमिकको हक हितको लागि एनआरएन राम्रो संस्थाका रूपमा परिचालित हुनुको साथै सामाजिक कार्यमा दुतावाससँगै विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गरी पीडितलाई सहयोग गर्दै आइरहेको छ भने, एनआरएन आइएलोओ घोटला प्रकरणमा एनसीसी युएइका अध्यक्ष र उपाध्यक्षसमेत निलम्बित भएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...