News Portal

एनआरएन साउदीद्वारा अलपत्र परेका नेपालीको उद्धारका लागी ४९ लाख सहयोग

हिमालीसंचार संवाददाता
३४० पटक

साउदीअरेबिया – एनआरएन साउदीले कोरोना भाइरस लगायत विभिन्न कारणले अलपत्र परेका नेपालीको उद्धारको लागि १ लाख ६५ हजार ४ सय ४७ साउदी रियाल सहयोग गरेको छ।

एनआरएन साउदीका अनुसार कोरोना भाइरसलगायत विभिन्न कारणले अलपत्र परेका, रोजगार गुमेर स्वदेश फिर्ताका लागि समस्यामा रहेका १ सय ७ जनाका लागि पिसीआर टेस्टिङ, ८२ जनाको लागि हवाई टिकटको व्यवस्था, ५ सय ३७ जनाको लागि खाद्यान्न व्यवस्थासँगै सयौंको संख्यामा नेपाली श्रमिकहरुलाई पैरवी पहल, कानुनी परामर्श सहित साउदी अरेबियाका विभिन्न शहरहरुमा आउटेज क्यामपिङ एवम् पासपोर्ट सहजीकरणमा सहयोग गरेको छ।

पीडित नेपालीको लागि स्थाइ तथा अस्थाइ रूपमा साउदीका विभिन्न शहरमा सेल्टर व्यवस्था, पीडित नेपालीको लागि यातायात व्यवस्थासमेत गरी हालसम्म १ लाख ६५ हजार ४ सय ४७ साउदी रियाल सहयोग गरेको छ। एनआरएन साउदीले आइएलओ प्रोजेक्टमा घोटला गरेको समाचार हलिउडखबरअनलाइनद्वारा प्रकाशित भएको थियो।

यस प्रोजेक्ट घोटला प्रकरणमा साउदीका इन्चार्ज मध्यपूर्वका क्षेत्रीय उपसंयोजक (डिआर्सी) जोन अर्याल, आइसीसी सदस्य यस्मीन बेगम सैयद, साउदीका अध्यक्ष तेज थापा, कोषाध्यक्ष सन्तोष लुइँटेल, लाल मगर, पूर्व क्षेत्रीय उपसंयोजक राजु सैयदले पारिश्रमिक लिने, बिना जानकारी ६ जना भोलेण्टर नियुक्ति गरी मासिक ६ सय ५० देखि ९ सय अमेरिकी डलर तलव लिनेलगायत विविध कारणबारे जानकारी गरेलगत्तै एनआरएन साउदीले भर्चुअल भेलासँगै प्रेस विज्ञप्तिद्वारा खण्डन गरेको छ।

एनआरएन साउदीले गरेका आइएलओ प्रोजेक्टलगायत विविध गतिविधिप्रति बिनाप्रमाण भ्रामक समाचार, कुप्रचार आधारहीन आरोप विभिन्न संजालबाट आएकोले घोर आपत्ति जनाएको छ। दुस्प्रचार तथा भ्रामक अफवाह फैलाउनेप्रति खेद प्रकट गर्दै तत्काल छानबिन गरी कारवाही गर्नसमेत माग गरेको छ।

साथै संस्थाले गरेका सामाजिक कार्यदेखि आर्थिक कारोबारबारे बुझ्न संस्थाको वेवसाइमा अवलोकन गर्न समेत आग्रह गरेको छ। सघंद्वारा यस प्रोजेक्टको लागि हालसम्म ६२ लाख २४ हजार ७ सय ८८ रूपैयाँ प्राप्त गर्नुको साथै साउदीमा अलपत्र परेका नेपालीको लागि सहयोग स्वरुप १ लाख ६५ हजार ४ सय ४७ साउदी रियाल सहयोग गरेको छ।

संघको कोषमा ३४ हजार १ सय ९५ साउदी रियल बाकी रहेको जानकारी समेत गरेको छ। साउदीमा श्रमिकको हक हितको लागि एनआरएन राम्रो संस्थाका रूपमा परिचालित हुनुको साथै सामाजिक कार्यमा दुतावाससँगै विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गरी पीडितलाई सहयोग गर्दै आइरहेको छ भने, एनआरएन आइएलोओ घोटला प्रकरणमा एनसीसी युएइका अध्यक्ष र उपाध्यक्षसमेत निलम्बित भएका छन्।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...