News Portal

सगरमाथा साहित्य प्रतिष्ठान नेपालले पायो पूर्णता

विभिन्न उपसमिति गठन

हिमालीसंचार संवाददाता
३९६ पटक

युएई- साधनारत साहित्यकर्मीहरुको साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । अधिबेशनपछि गत फेब्रुअरी २२ मा बसेको कार्यसमितिको पहिलो अनलाइन बैठकले कार्यसमितिलाई पूर्णता दिंदै विभिन्न उपसमितिका संयोजकहरु पनि तोकेको हो । सगरमाथा साहित्य प्रतिस्ठानको गत १५ फेब्रुअरीमा भएको अधिबेशनले जीवित खड्का मगरलाई केन्द्रीय अध्यक्षमा चयन गरिसकेको छ।

नवनिर्वाचित अध्यक्ष खडकाको सभापतित्वमा बसेको बैठकले केन्द्रीय उपाध्यक्षमा सरु सितल राई, महासचिबमा डिजि शर्मा, सचिवमा डिएल घिमिरे, सहसचिबमा सुजन सुजन सिरेन चाङ्वाङ्, कोषाध्यक्षमा चन्द्र सम्बाहाम्फे र सदस्यहरुमा कृष्ण घिमिरे, सुमित्रा सुमी, राज यात्री लम्साल, युवराज खतिवडा, नवराज ढकाल, रोहित कुँवर, जीरन थुलुङ, अमृता बान्तवा, शम्भु अर्याल ( पदेन सदस्य, गन्डकी शाखा अध्यक्ष ) र मोहन तरामु मगर ( पदेन सदस्य ) नियुक्त गरेको छ।

यस्तै निवर्तमान अध्यक्ष कृष्ण बिश्वकर्मालाई केन्द्रीय कार्यसमितिको विशिष्ट सदस्यको रुपमा मनोनित गरिएको छ । बैठले विभिन्न उपसमिति र तिनका संयोजकहरु पनि चयन गरेको छ । कला/साहित्य प्रमुखमा दीपराज नेयोङ्हाङ, भाषा तथा साहित्य विभाग प्रमुखमा खगेन्द्र समरस, सूचना/सञ्चार विभाग प्रमुखमा अजित क्षेत्री, अर्थ विभाग प्रमुखमा शिशिर दूरबस्तीको र प्रबक्तामा राजेशराज गड्तौलालाई चयन गरेको छ ।

संस्थाको अनुशासन कमिटिको संयोजकमा निबर्तमान अध्यक्ष कृष्ण बिश्वकर्मालाई चयन गरेको छ । यस्तै अमेरिका निवासी राखी गौचनलाई संस्थाको अन्तर्राष्ट्रिय शाखा बिस्तारका लागि संयोजक नियुक्त गरिएको संस्थाका केन्द्रीय अध्यक्ष जीबित खड्का मगरले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...