News Portal

रंगेली नगरपालिकाको महिला जनप्रतिनिधिहरुलाई तालिम

हिमालीसंचार संवाददाता
३३६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि लक्षित नेतृत्व र क्षमता विकास  गर्ने उदेश्यले चार दिने   तालिम सुरु भएको छ।

जननिर्वाचित महिला सदस्यहरुको क्षमता र नेतृत्व विकास लागि आवश्यक पर्ने प्रक्रियाको विषयमा जानकारी दिन प्रारम्भिक चरणको तालिम सुरु हो । स्थानीय तहमा निर्वाचित उनीहरुको निर्णय प्रक्रियामा सहभागिता, नेतृत्व परिचय, भूमिका र आत्माविश्वास बृद्धि गर्ने उद्देश्यले तालिम सुरु गरिएको छ।  तालिम रंगेलीमा रहेको मेलिना गेष्ट हाउसमा उक्त तालिमको आयोजना गरिएको छ। 

सो कार्यक्रम दलित महिला केन्द्र नेपालले इन्टरनेशल फाउण्डेशन फर इलेक्ट्रोल सिस्टम संस्थासँगको सहकार्यमा मोरङको ६ पालिकाको रंगेली, बेलबारी, कटहरी, ग्रामथान, केराबारी र लेटाङमा सो तालिमको आयोजना गरिएको दलित महिला केन्द्र नेपालका प्रशिक्षक उमेश बिकले बताए ।

रंगेली नगरपालिकामा निर्वाचित २१ जना महिला जनप्रतिनिधिहरुलाई तालिममा सहभागी  रहेको छन। कार्यक्रमको उद्घाटनमा रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले मैनबत्ति बालेर उद्घाटन समेत गरेका थिए । उनले  भने हरेक तालिममा भत्ताको लोभमा गर्ने र भत्ता पाउने थाहा पाएपछि टाठा बाठाले मात्रै तालिम बारम्बार लिदै आईरहेको तर तालीम पछि त्यसको सदुपयोग नगर्ने गरेको समेत बताए ।

यसरी महिला जनप्रतिनिधिहरुलाई तालिमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद समेत दिएका छन । उनले भने तालिममा  क्षमता विकास नगरी नेतृत्व गर्न नसकिने भएकाले ब्यक्तिगत क्षमता वृद्धि, अध्ययनले मात्र सफल नेतृत्व संभव हुने र असल गुणहरुको विकास गर्न तालिमहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्न आवश्यक रहेको समेत बताए । तालिमलाई एनजिओ फेडेरेसन नेपालका सचिब उमेश बिश्वकर्मा र स्वस्तिका पोख्रेल र  निलम ढुङ्गगानाले  सहजिकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...