News Portal

रंगेली प्रहरीले १६ थान मोवाईल सम्बंधित ब्यक्तिलाई फिर्ता दिए

हिमालीसंचार संवाददाता
२९९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले बिगत एक महिनाको अवधिमा हराएका विभिन्न कम्पनीका १६ थान मोवाईल फेला पारेको छ। फेला परेका ती मोबाइल आईतबार  धनीलाई बुझाएको छ।

बिगत एक महिना अगाडीदेखि हराएका मोबाइलहरु सम्बन्धित व्यक्तिहरुले आफ्नो मोबाइलमा रहेको आइएमई नम्बर रंगेली प्रहरीलाई जिम्मा लगाएको थियो । प्रहरीले हराएका ति मोबाइलहरु खेजतालस गर्न थालेपछि धमाधम फेला परेका थिए ।

रंगेली प्रहरीले हराएका मोवाईलको लागि भिन्दै डेक्सको स्थापना गरि हराएका मोवाईलहरु खोज तलास गर्न थालेको प्रहरीले जनाएको छ । ५  महिना अगाडिदेखि मोबाइल मेघराज अधिकारीले आफ्नो मोबाइल खोजिदिएकोमा प्रहरीलाई धन्यवाद दिए । अधिकारीले  भने भेटिएला भन्ने आस नै थिएन् तर प्रहरीको सक्रियतामा भेटियो ।

प्रहरीले मो. इस्लाम मिया, मो.नईम मिया, गोपाल मुर्मु, रंजित मण्डल, अजय कुमार साह, रामदेव मण्डल, पुनम राजवंशी, मेघराज अधिकारी, जसुलाल गंगाई, विश्व कुमार राजवंशी, प्रकास कुमार मण्डल, मनिस हेम्ब्रम, कविता राजबंशी, बिजेता प्रधान र सुमन हेम्ब्रमलाई हराएको मोवाईल फिर्ता गरेको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...