News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आज वि.सं २०७७ साल फागुन १७ गते, सन् २०२१ मार्च १ तारिख साेमवारको राशिफल

    हिमालीसंचार संवाददाता
    ३३९ पटक

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    चुनौती पन्छाएर लक्ष्यमा पुग्न सकिनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। आफ्नो अधिकार र स्वामित्व स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    विभिन्न अवसर जुट्नाले काममा उत्साह जाग्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। व्यवसायले थप उचाइमा पुर्याउनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्।  पढाइलेखाइमा प्रगति हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह

    बलजफ्ती तथा हतारको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुहाेला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ। छिद्र खोतल्नेहरूबाट सावधान रहनुहोला।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    अप्ठ्यारो स्थितिमा पनि नियमित काम बन्नेछ। तर ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। अनावश्यक र कम महत्त्वका काममा समय दिनुपर्ला। नियमित काममा बाधा पुग्न सक्छ। अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। स्वास्थ्यका लागि आराम र खानपानमा ध्यान पुर्याउनुहोला।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते

    आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ। पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्नेछ, होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो लाभ हुने काममा जग बसाउने मौका छ।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    चुनौतीभित्र अवसर खोज्ने समय छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि समस्या पहिल्याउन सकिनेछ। तर, हडबडीले काम बिग्रन सक्छ। विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ। मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द

    अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। कमजाेर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। लगनशील भएर प्रयत्न गर्दा बिस्तारै अवरोध हट्न सक्छ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। अर्थअभावले सताउन सक्छ। लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। आफन्तबीच आत्मीयतामा कमी आउनेछ। वादविवादले घर-गृहस्थीमा समस्या निम्त्याउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि मनमा दुविधा कायम रहनेछ। दिगो काम थाल्न सकिनेछ।

    प्रतिकृया दिनुहोस्

    उर्जामन्त्री खड्काले भने : देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण

    काठमाडौं, जेठ १ – उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउनका लागि...

    तीन जना सांसद निलम्बनमा, एक जना फरार : सहकारी ठगीदेखि भ्रष्टाचारसम्मका मुद्दा

    काठमाडौं, जेठ १ – प्रतिनिधिसभाका तीन जना सांसद हाल निलम्बनमा परेका छन् भने एक जना...

    मन्त्रिपरिषद्को निर्णय : सैनिक सरुवादेखि अन्तर्राष्ट्रिय सम्मेलन, शिक्षा र पूर्वाधारसम्म

    काठमाडौं, जेठ १ – सरकारले पछिल्लो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमार्फत विभिन्न महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको...

    मकै काट्ने मेसिन भित्रिएपछि कृषक उत्साहित

    मोरङ, जेठ १ – मोरङको दक्षिणी भेगमा पर्ने रंगेली, सुनवर्सी, रतुवामाई र धनपालथान गाउँपालिका लगायतका...

    पानीजहाज विधेयकमा ‘तोकिए बमोजिम’ शब्दप्रति असन्तुष्टि, संशोधनतर्फ विधायन समिति

    काठमाडौं, जेठ १ – राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी विधेयकमा...