News Portal

  • पत्रकार हत्यामा मुछिएका साउदी युवराज उत्तिकै शक्तिशाली रहलान् ?

    हिमालीसंचार संवाददाता
    ३०० पटक

    ऐजेन्सी – साउदी पत्रकार जमाल खसोगीको हत्यासँग जोडिएको अमेरिकी गोप्य रिपोर्ट सार्वजनिक हुनु मध्यपूर्वका शक्तिशाली व्यक्ति साउदी अरबका युवराज मोहम्मद बिन सलमानको ताकत, प्रतिष्ठा र अन्तर्राष्ट्रिय हैसियतमा एक झट्काजस्तै हो । रिपोर्टमा खसोगीको हत्याका लागि सलमानले नै अनुमति दिएको उल्लेख छ । यस घटनाको असर आउनेवाला धेरै दशकसम्म पश्चिमी देश र साउदी अरबको आपसी सम्बन्धमा देखिन सक्छ ।

    यस हत्यामा मोहम्मद बिन सलमान उर्फ एमबीएसको संलग्नता रहेको विषय बाहिरिएसँगै पश्चिमी देशका नेताहरुलाई उनीसँग सार्वजनिक रुपमा तथा व्यक्तिगत सम्बन्ध राख्न मुस्किल हुनेछ । तर, यसका बाबजुद मोहम्मद बिन सलमान लामो समयसम्म साउदीको सत्तामा रहने देखिएको छ । उनी ३५ वर्षको भए र साउदी अरबका युवाहरु माझ उनको लोकप्रियता निकै छ । यसको एक कारण देशभक्ति हो र दोस्रो नागरिकको स्वतन्त्रतामाथि लगाइएका धेरै प्रतिबन्धहरु हटाउने कार्य हो ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले एमबिएसको साटो साउदीका राजा सलमानसँग सम्बन्ध राख्न चाहेको संकेत दिइसकेका छन् । तर राजा र युवराजबीच निकै नजिकको सम्बन्ध छ र दुईबीच फरक व्यवहार गर्नु बेइमानीको कुरा हुनेछ । ८५ वर्षका राजा सलमानको स्वास्थ ठिक छैन । उनले पहिल्यै आफ्ना धेरैजसो अधिकार एमबिएसलाई दिइसकेका छन् । 

    खसोगी हत्याको सनसनीपूर्ण टेप 

    पश्चिमा देशका खुफिया एजेन्सीहरुलाई युवराजको सम्बन्ध खसोगी हत्याकाण्डसँग जोडिएको छ भन्ने लामो समयदेखि थाहा थियो । यद्यपी, यस कुरालाई सार्वजनिक गरिएको थिएन ।  अमेरिकी गुप्तचर निकाय सिआईएकी पूर्वनिर्देशक गिना हैस्पेलले टर्कीको राजधानी अंकारामा पुगेर यो टेप सुनेकी थिइन् । हैस्पेल जब अंकारा पुगिन्, तब टर्कीका गुप्तचर अधिकारीहरुले खसोगीको अन्तिम क्षणका सनसनीपूर्ण अडियो टेप सुनाएका थिए । 

    यस टेपमा खसोगीले टर्कीस्थित साउदी दूतावासभित्र साउदी अरबद्वारा पठाइएका एजेन्टहरुले कसरी आफ्नो गला दबाएका थिए र कस्तो संघर्ष गर्नुपरेको थियो भनेर बोलेका छन् ।  साउदी दूतावासभित्र टर्कीका गुप्तचरहरुले रेकर्डिङ गर्नु कुटनीतिक रुपमा गलत व्यवहारको उदाहरण हो। यद्यपी, खसोगीको घृणित हत्या हेर्दा यस हर्कतलाई खासै ठूलो मानिएन ।  पश्चिमा देशहरूका गुप्तचर एजेन्सीहरुलाई पनि यो रेकर्डिङ दिइयो । अमेरिकी अधिकारीहरुले त्यसयता यस घटनामा एमबिएस संलग्न रहेको निष्कर्ष निकालेका छन् । अमेरिकाको निकट सहयोगी साउदी अरबलाई बदनामीबाट बचाउन सकियोस् भनेर डोनाल्ड ट्रम्प राष्ट्रपति रहँदासम्म यस गोप्य रिपोर्टलाई बाहिर आउन दिइएन । यद्यपी, अब सुरक्षा कवच हटिसकेको छ । 

    अमेरिकाको रोजाई होइनन् एमबिएस

    साउदी अमेरिकाको युवराजका लागि अमेरिकाले एमबिसलाई समर्थन गरेको थिएन । अमेरिका चाहन्थ्यो, राजकुमार मोहम्मद बिन नायेफ आगामी राजा बनून् ।  सत्ताको दौडमा नायेफ नै सबैभन्दा अघि थिए । यद्यपी, २०१७ मा एमबिएसले उनलाई हटाइदिए । त्यसयता अहिले उनी हिरासतमा छन् । उनीविरुद्ध भ्रस्टाचार र युवराजविरद्ध षडयन्त्र गरेको आरोप छ । यद्यपी नायेफको परिवारले यस आरोप अस्विकार गरेको छ । 

    वर्षौसम्म नायेफ साउदी शाही परिवारमा अमेरिकाका सबैभन्दा ठूला सहयोगी रहे । गृहमन्त्रीका रुपमा उनले अलकायदाको अतिवाद समाप्त गर्नमा सफलता पाएका थिए । आफ्ना गुप्तचर प्रमुख साद अल–जाबरीसँग मिलेर नायेफले सिआईएसँग नजिकको सम्बन्ध स्थापित गरेका थिए । अल–जाबरी अहिले क्यानेडामा निर्वासित जीवन बिताइरहेका छन् र उनले युवराज एमबिएसमाथि हत्या प्रयासको आरोप पनि लगाएका छन् । जाबरीका अनुसार एमबिएसले उनलाई मार्नका लागि एक दस्ता नै पठाएका थिए, यस्तोमा सिआईएसँग वर्तमान युवराजको सम्बन्ध सहज रहेको प्रस्टै छ ।

    सिआईएलाई अहिले पनि साउदी शाही दरबारमा राम्रो सम्बन्ध बनाउनु छ । अलकायदा र आईएसको विश्वव्यापी अतिवादको खतरा अझै समाप्त नभएकाले पनि सिआईएका लागि यो जरुरी छ ।  यद्यपी, सिआईएले नायेफजस्तै गम्भिर, धैर्य शाली र सुरक्षित व्यक्तिसँग काम गर्नलाई प्राथमिकता दिएको छ, र एमबिएसजस्ता जे पनि गर्नसक्ने सन्की व्यक्तिसँग काम गर्न चाहेको छैन । 

    इरानका लागि मौका 

    साउदी अरब र अमेरिकाको सम्बन्धमा पैदा हुने कुनै पनि खटपट साउदीको क्षेत्रीय दुश्मन इरानका लागि उपहारजस्तो हो । जानकारहरुका अनुसार वर्षौंदेखि जारी नाकाबन्दी सहेर पनि ईरानले मध्यपूर्वमा एक महत्वपूर्ण स्थान बनाएको छ । आफ्ना छद्म लडाकु संगठनहरुमार्फत साउदी वरपरका लेबनान, सिरिया, इराक र यमनमा इरानले आफ्नो रणनीतिक पहुँच बनाएको छ । जब अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनको युद्धका लागि साउदीलाई अमेरिकी हतियार नदिने घोषणा गरे, तब इरानको समर्थन पाएका हुथी विद्रोहीहरुले यस इलाकामा तत्काल फाइदा उठाए । त्यति बेलादेखि नै हुथी विद्रोहीहरुले धेरै मोर्चामा सफलता हासिल गरिसकेका छन् किनकी दुस्मनसँग हतियारको संकट छ भन्ने उनीहरुलाई थाहा छ । 

    दीर्घकालिन रुपमा हेर्ने हो भने यो कदमले सुरक्षा सवालमा साउदी नेतृत्वलाई नयाँ देशसँग जोडिन बाध्य गर्नसक्छ ।  साउदीले रुस र चीनसँग आफ्नो निकटता बढाउन सक्छ । यसबाहेक साउदीले इजरायलसँग पनि आफ्नो सम्बन्ध बढाउन सक्छ । इरानका कारण साउदी र इजरायलले उत्तिकै भय महसुस गरेका छन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जंगीअड्डामा युवाको आवाज : बालेन–हर्कलाई नेतृत्वमा ल्याउनुपर्ने माग

    काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति...

    जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

    काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल...

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...