News Portal

कीर्तिपुरको नयाँबजारमा दुर्घटना गरी फरार कार चालक कलंकीमा समातिए

हिमालीसंचार संवाददाता
५८२ पटक

काठमाण्डौ – कीर्तिपुरको नयाँ बजार वानवेमा गलत दिशाबाट आउँदै गरेको एउटा निजी कारले विपरीत दिशाबाट आइरहेको भ्यानलाई ठक्कर दिएर फरार भएका कार चालक कलंकीमा समातिएको छ।

नयाँबजारमा गलत दिशाबाट आउँदै गरेको बा १६ च १३३४ नम्बरको कारले  बा १२ च २८१० नम्बरको भ्यानलाई ठक्कर दिँएको थियो। त्यसपछि किनारमा रोकिएका केही स्कुटर र मोटरसाइकललाई पनि ठक्कर दिएको कीर्तिपुर प्रहरीले जनाएको छ।

कारको ठक्करबाट भ्यानका चालक घाइते भएका छन्। उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। घटनापछि फरार रहेका कार चालकलाई प्रहरीले कलंकीबाट नियन्त्रणमा लिएको कीर्तिपुरका डिएसपी रुकेश तण्डुकारले जानकारी दिए। प्रहरीका अनुसार घटना शुक्रबार राति करिब ९ बजेतिर भएको हो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...