News Portal

  • छलफलका लागि प्रहरी कार्यालय गएनन् पल शाह, निर्देशक अरुण प्रधानविरुद्ध पनि उजुरी

    हिमालीसंचार संवाददाता
    ३३२ पटक

    रोहित राई/धरान – चलचित्रकर्मी महासंघ प्रदेशक १ का अध्यक्ष अरुण प्रधानमाथि दुव्र्यवहार र भौतिक आक्रमणको आरोप लागेका नायक पल शाह छलफलको लागि प्रहरी कार्यालयमा आउन मानेका छैनन्। प्रधानले नायक शाह र उनका मेनेजर कृष्णप्रसाद जोशीविरुद्ध हिजो बिहिबार प्रहरीमा उजुरी दिएका थिए।

    सोही विषयमा प्रहरीले शाह र जोशीलाई छलफलको लागि दिउँसो ४ बजे बोलाएको थियो । तर, छलफलको लागि जोशी मात्र ईलाका प्रहरी कार्यालय धरानमा पुगेका छन्। दुवै पक्षबीच छलफलको लागि बोलाइएको तर पल शाह भने उपस्थित नभएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।

    दुवै पक्ष छलफलमा बसेर सहमति नगरे प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने उनको भनाइ छ। अध्यक्ष प्रधानले घटनाका मुख्य पात्र पल शाह नै नआएको कारण आफू  छलफलमा नबसेको बताए। ‘पल शाह आएको छैनन्। पल शाह म आफै हो भन्दै कृष्ण जोशी आए’,’उनले भने, छलफलको लागि पल आफै आउनु पर्छ।’

    प्रधानविरुद्ध पनि उजुरी !
    पल शाहका मेनेजर जोशीले अरुण प्रधानविरुद्ध पनि प्रहरीमा उजुरी दिएका छन्। शुक्रबार उनले प्रहरीमा निवेदन दिएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए। दुवै पक्षको निवेदन आएको र दुवै पक्ष आपसी छलफलमा जुटेर सहमति नगरे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढ्ने ओलीले बताए।

    उजुरीमा अरुण प्रधानले पल शाहलाई दुव्र्यवहार गरेको लगायत आरोप लगाइएको छ। प्रहरीले घटना भएको धरान १० स्थित ज्वाँई खाना घरबाट सिसिटिभी फुटेज पनि अनुसन्धानको लागि ल्याएको छ। ‘पल शाहलाई पनि बोलाउने कुरा छ। दुवै पक्ष छलफलमा बसेर सहमति भएन र, अनुसन्धान गर्नुपर्ने भयो भने सिसिटिभी फुटेज हेर्ने, अरु थप प्रक्रिया अघि बढ्छ,’प्रहरी निरीक्षक ओलीले भने।

    पल शाह र मेनेजरले माफी नमागे प्रदेशका हलमा फिल्म प्रतिबन्ध लगाउने चेतावनी !
    प्रधानले नायक पल शाहको निर्देशनमा जोशीले आफुमाथि आक्रमण गरेको कारण लिखितरुपमा माफी माग्नुपर्ने अडान राखेका छन्। त्यसो नगरे सिसिटिभी फुटेजको आधारमा कानुनी प्रक्रिया अघि बढ्ने र शाहको चलचित्रलाई प्रदेश १ मा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

    दुई दिनअघि(बुधबार) नायक शाह म्युजिक भिडियोको सुटिङ गर्न धरान आएका थिए। सोही दिन साँझ उनलाई स्वागत गर्न र शनिबार हुने चलचित्र क्षेत्र सम्बन्धी अन्र्तक्रियामा अतिथिकोरुपमा निमन्त्रणा गर्न प्रधान ज्वाँई खाना घरमा पुगेका थिए। नायक शाहसँग असझदारी भएर विवाद बढ्दै जाँदा प्रधानमाथि मेनेजर जोशीले आक्रमण गरेको आरोप छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...