आज : २०२६-०६-०८, सोमबार

गजल : धुरुधुरु रुँदै बसौली कठै एक्लि आमा तिमी

जीउनु है अब टुक्रेको मुटु जोरजाम गरेर
मिल्यो के हत्यारालाई आफ्नै बदनाम गरेर।

हुर्काउदै थिईन एक्लि आमा दुखजिलो गरि
जवानी सङ्गै आफ्ना रहर लिलाम गरेर।

भन्देउन ए भोकाएका पापी ब्वाँसाहरु हो
संतुष्ट हुन्छौ त नैतिकता गुमाई बिराम गरेर।

गर्वले छाती चौडा बनाएको छौ होला पक्कै
अन्धो सरकार, असहाय माथी छलछाम गरेर।

धुरुधुरु रुँदै बसौली कठै एक्लि आमा तिमी
जब बिहे गर्लान मेरै साथी तामझाम गरेर।

शर्मिला सापकोटा
देवचुली-१३ नवलपुर।