News Portal

बझाङका अमृत सिंहका हत्याआरोपी पुर्पक्षका लागि कारागार चलान

हिमालीसंचार संवाददाता
३६९ पटक

बझाङ – बझाङका अमृत सिंहको हत्याका ५ जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले पुर्पक्षका लागि कारागार चलान गरेको हो।

पुर्पक्षका लागि कारागार चलान गरिएकाहरुमा छबिसपाथिभेरा गाउँपालिका–३ का विकास ऐडी, प्रकाश ऐडी, केदारमान ऐडी र ज्ञानबहादुर कठायत रहेका छन्। घटनामा संलग्न मानिएका प्रतिवादी अर्का जयबहादुर रोकायालाई भने, एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको तर, सो रकम तिर्न नसकेपछि उनलाई पनि कारागार चलान गरिएको अदालतका कर्मचारी अक्कल रावलले जानकारी दिए।

हत्याको अभियोग लागेका पाँचै जना यस अगाडि प्रहरी हिरासतमा थिए। गएको माघ १३ गते बान्नीचौर माविको विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर उनीहरूबीच विवाद भएको थियो। सोही विषयलाई लिएर वडाध्यक्ष विकास ऐडी र उनका भाइसहितको टोलीले सिंहलाई खुँडा प्रहार गरी हत्या गरेका थिए। हत्या गरिएका सिंह नेपाल तरुण दलमा आवद्ध थिए।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...