News Portal

मकाउबाट ११ जना नेपाली नागरिक लामो ट्रान्जिट पोईन्ट झेल्दै स्वदेश फिर्ता

हिमालीसंचार संवाददाता
१२४२ पटक

मकाउ – कोरोना भाइरसका कारण मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएको र विभिन्न कारणले १३ जना नेपाली नागरिकहरुले नेपाल फर्कन इच्छा व्याक्त गरेका मध्य आज ११ जना नेपाली नागरिक हङकङ,थाईलैण्ड, दुबई हुदै काठमाण्डौ अवतरण गर्ने भएका छन्।

गैरआवासीय नेपाली संघका अध्यक्ष पुर्ण बहादुर गुरुङका अनुसार मकाउबाट यो पाँचौ उडान हो। मकाउबाट नेपाल फर्कन चाहानु भएका १३ जना नेपाली नागरिकहरु मध्य आज ११ जना नेपाली नागरिक आज हङकङ, थाईलैण्ड, दुबई हुदै स्थानीय समय अनुसार ६:०० बजे नेपाल अवतरण गर्ने हिमालीसंचारसंगको कुराकानीमा बताएका छन् ।

संघका अध्यक्ष गुरुङका अनुसार  मकाउबाट स्थानीय समय अनुसार १५:३० बजे हङकङको अन्तराष्ट्रिय विमनस्थलका लागि प्रस्थान गरेर हङकङबाट स्थानीय समय अनुसार ८:३५ बजे थाईलैण्ड उडान हुने तालिका रहेको छ । नेपाली महावाणिज्यदूतावास हङकङले व्यावस्था गरेको बस मार्फत हङकङका अन्तराष्ट्रिय विमानस्थलसम्मको व्यावस्था मिलाएको छ।

यो विषय परिस्थितिको सम्पूर्ण व्याबस्था नेपाली महावाणिज्य दूतावास हङकङले मकाउ तथा हङकङका अध्यागमन विभाग संग आवश्यक समन्वय गरेको छ।  हङकङ सरकारले लागु गरेको भिसा साथै क्वारेन्टाईनको सम्पूर्ण व्याबस्था नेपाली महावाणिज्य दूतावास हङकङले गरेको हुदा मकाउबाट नेपाल जाने नेपाली नागरिकले सम्पूर्ण आवश्यक तयारी गरेका छन्।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...