News Portal

विक्रम पवन परियारको कविता “फर्क अब आफ्नै देश”

हिमालीसंचार संवाददाता
३९२ पटक

हिमाल जस्तो स्वाभिमान भएको
बुद्धको जस्तो विचार भएको
म एक वीर गोर्खाली हुँ

अदम्य साहस बोकेर हिँडेका पैतालाहरू
र तराईका फाँटजस्तो फराकिलो छातीमा
आफ्नै माटोको रंग टाँसेर निधारभरी
हिँड्नु छ देश बनाउने अभियानमा

छोडेर परदेशमै हरियो पासपोर्ट
फर्किनु छ आफ्नै घर आँगनमा
र आफ्नै पसिनाले सिँचाइ गरेर
उर्वर बनाउनु छ अबको बाँकी युग

गाउँमा चर्किएका घरका भित्ताहरू
माटोले टालेर सुन्दर बनाउनु छ गाउँ
खेतमा चिरा परेका गह्राहरू
आफ्नै पसिनाले ओसिलो बनाउनु छ
फुलाउनु छ पहाडहरूमा रातो गुँरास
जब देश स्वतन्त्र भएर बाँच्छ
तब पो यो निश्चल आँखामा हिमाल हाँस्छ
डाँफेचरिका रंगीन प्वाँखजस्तै
रंग्याउन बाँकी छ मेरो देशको सपना
र देशको खम्बा भएर बाँच्नु छ मलाई

लालुपाते जस्तो रातो सपना बोकेर
अक्करे भिरमा मुस्कुराई रहेको गुँरास जस्तो
सगरमाथा चढ्ने आरोहीका पैताला जस्तो
हामीले यो युगको गीत लेखौ

अब खनौं आफ्नै बाटो – कोदाली भएर
अब जोडौं हजार सपनाहरू – पुल भएर
फर्क युवा हो फर्क
यो देशको इतिहास हामी आफैंले लेख्नुपर्छ

युग बदल्ने जोसिला पाइलाहरू
उर्जाशील मुठ्ठीहरू
गोलीले छेड्न नसक्ने छातीहरू
आऊ परिवर्तनको एउटा
युगान्तकारी नक्सा कोरौं
अनि पो देश बाँच्न सक्छ
फर्क युवा हो देश फर्क
हामी हाम्रो पिढीको लागि
देश भएर बाँचौँ ।

 विक्रम पवन परियार
रामेछाप हाल, काठमाण्डौ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...