News Portal

सर्वोच्च अदालतको फैसलापछि प्रमुख प्रतिपक्षी काँग्रेस नेताहरुको प्रतिक्रियाः कसले के भने ?

हिमालीसंचार संवाददाता
२८० पटक

काठमाण्डौ – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेपछि नेपाली काँग्रेसका नेताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चको फैसलाको सम्मान गर्दै स्वागत गरेका छन् । सर्वोच्चको फैसला आएलगत्तै उनले विज्ञप्तिमार्फत नेपाली काँग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको उल्लेख गरेका छन् । देउवाले अदालतको फैसलालाई सबैले स्वागत गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य भएको र फैसलाले सत्यको जित भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको उल्लेख गरेका छन् । पौडेलले सर्वोच्चलाई धन्यवाद दिँदै आफूले भन्दै आएको र सत्यभन्दा माथि शासक हुन नसक्नेसमेत स्पष्ट पारेका छन् ।

 त्यस्तै, नेपाली काँग्रेस महामन्त्री डा.शशाङ्क कोइरालाले विज्ञप्तिमार्फत सर्वोच्चको स्वागतयोग्य भएको बताएका छन् । यसले स्वतन्त्र न्यायपालिका, संवैधानिक सर्वोच्चता, विधिको शासन, लोकतान्त्रिक शासन व्यवस्थामा विश्वास गर्ने आमनेपाली जनताको भरोसा टुट्नबाट जोगाएको उल्लेख गरेका छन् । आगामी दिनमा पनि देश र जनताको आस्थाको केन्द्रबिन्दुको रुपमा न्यायपालिकाको गरिमा यसैगरी कायम रहनेछ भन्ने विश्वास उनले व्यक्त गरेका छन् ।

पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सर्वोच्च अदालतले संविधानको मर्म र भावनाअनुसार निर्णय गरेको बताएका छन् ।  उनले एक विज्ञप्ति जारी गरी फेरि एकपटक विधिको शासनको जित भएको दाबी गरेका छन् । सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको रक्षा गर्दै जनताको जित भएको बताएका छन् भने युवा नेता गगनकुमार थापाले पनि अदालतले बिना भय र दबाब, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याएको बताएका छन् । यो फैसलाले न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको थापाले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...