News Portal

रंगेली र कर्सयामा समेत हर्न नबजाउन जनचेतना अभियान सुरु

हिमालीसंचार संवाददाता
३५३ पटक

रबिन्द्र बराल माेरङ-रंगेली नगरपालिका तथा धनपालथान गाउँ पालिकाकाे कर्सिया बजारमा अस्थाई ट्राफिक चेक पाेष्टद्वारा प्रदेश १ लाई पूर्ण हर्न निषेधित क्षेत्र प्रदेश घोषणा गर्ने लक्ष्यसहित सोमबारबाट पुनः ट्राफिक प्रहरीले सवारीको नियमन सुरु गरेको छ । प्रदेश १ मा सोमबार देखि एकैपटक ट्राफिक यूनिटहरुले सडकमा प्लेकार्डसहित चालकहरुलाई ट्राफिक प्रहरीहरुले चालकहरुलाई नमस्कार गर्दे हर्न नबजाउन सचेतना अभियान सुरु गरेका छन ।

अस्थायी ट्राफिक कर्सिया र रंगेलीले पनि हर्न निषेध कार्यक्रमका लागि सोमबारबाट सडकमा अनुगमन सुरु गरेका छन । उक्त कार्यक्रम गत बर्षदेखि कार्यक्रम कार्यन्वयनमा आईसकेको थियो । तर लकडाउन भए सँगै सवारी हर्नकोका बारेमा बेवास्ता गरेता पनि पुनः पूर्ण रुपमा सवारी सञ्चालनमा आएसँगै चापको प्रभाव वायुसँगै ध्वनी प्रदुषणमा समेत वडन थालेको छ । प्रहरीले सवारी चालकलाई हर्न नबजाई तोकिएको सीमाभित्रको गतिमा सवारी सञ्चालन गर्नका लागि आग्रह गर्दै हर्न निषेधित कार्यक्रम कार्यन्वयनमा आएको पूर्व सूचना सोमबार सडकमा प्लेकार्डसहित सडकमा जनचेतना गराएका थिए ।

यो नियमको पालना नगर्ने सवारी चालकले कानुन अनुसारको सजाय समेत रहेको ट्राफिक कार्यलय रंगेलीले जनाएको छ । यातायात व्यवस्था ऐन २०५० को दफा १६४ ‘घ’–३ अनुसार ध्वनी प्रदुषण गरेवापत ५०० देखि एकहजार ५०० सम्म सम्बन्धित व्यक्तिबाट जरिवाना लिईने समेत व्यवस्था उल्लेख छ ।

कसैले प्रदेश १ भित्र सोमबारदेखि हर्न बजाउँदै सवारी चलाएको अवस्थामा जुनसुकै स्थानमा रोकेर भएपनि ट्राफिक प्रहरीले याहि ऐनको दफामा टेकेर जरिवाना लिईनेे कर्सिया ट्राफिक चेक पाेष्टका इन्चार्ज धम्रेन्द्र राजवंशी लेबताए । ट्राफिक प्रहरीले सार्सार्वजनिक यातायात , टेम्पु,बिधालयका बस तथा माेटरसाईकल र निजि सबारी साधनका चलकहरुलाई हर्न निषेधित’ प्रदेश अभियानलाई कडाईका साथ कार्यन्वयनमा ल्याइएकाे रंगेेेेली ट्राफिक ईन्चार्ज निलमणि पाेख्रेल ले बताए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...