News Portal

रंगेली र कर्सयामा समेत हर्न नबजाउन जनचेतना अभियान सुरु

हिमालीसंचार संवाददाता
३१७ पटक

रबिन्द्र बराल माेरङ-रंगेली नगरपालिका तथा धनपालथान गाउँ पालिकाकाे कर्सिया बजारमा अस्थाई ट्राफिक चेक पाेष्टद्वारा प्रदेश १ लाई पूर्ण हर्न निषेधित क्षेत्र प्रदेश घोषणा गर्ने लक्ष्यसहित सोमबारबाट पुनः ट्राफिक प्रहरीले सवारीको नियमन सुरु गरेको छ । प्रदेश १ मा सोमबार देखि एकैपटक ट्राफिक यूनिटहरुले सडकमा प्लेकार्डसहित चालकहरुलाई ट्राफिक प्रहरीहरुले चालकहरुलाई नमस्कार गर्दे हर्न नबजाउन सचेतना अभियान सुरु गरेका छन ।

अस्थायी ट्राफिक कर्सिया र रंगेलीले पनि हर्न निषेध कार्यक्रमका लागि सोमबारबाट सडकमा अनुगमन सुरु गरेका छन । उक्त कार्यक्रम गत बर्षदेखि कार्यक्रम कार्यन्वयनमा आईसकेको थियो । तर लकडाउन भए सँगै सवारी हर्नकोका बारेमा बेवास्ता गरेता पनि पुनः पूर्ण रुपमा सवारी सञ्चालनमा आएसँगै चापको प्रभाव वायुसँगै ध्वनी प्रदुषणमा समेत वडन थालेको छ । प्रहरीले सवारी चालकलाई हर्न नबजाई तोकिएको सीमाभित्रको गतिमा सवारी सञ्चालन गर्नका लागि आग्रह गर्दै हर्न निषेधित कार्यक्रम कार्यन्वयनमा आएको पूर्व सूचना सोमबार सडकमा प्लेकार्डसहित सडकमा जनचेतना गराएका थिए ।

यो नियमको पालना नगर्ने सवारी चालकले कानुन अनुसारको सजाय समेत रहेको ट्राफिक कार्यलय रंगेलीले जनाएको छ । यातायात व्यवस्था ऐन २०५० को दफा १६४ ‘घ’–३ अनुसार ध्वनी प्रदुषण गरेवापत ५०० देखि एकहजार ५०० सम्म सम्बन्धित व्यक्तिबाट जरिवाना लिईने समेत व्यवस्था उल्लेख छ ।

कसैले प्रदेश १ भित्र सोमबारदेखि हर्न बजाउँदै सवारी चलाएको अवस्थामा जुनसुकै स्थानमा रोकेर भएपनि ट्राफिक प्रहरीले याहि ऐनको दफामा टेकेर जरिवाना लिईनेे कर्सिया ट्राफिक चेक पाेष्टका इन्चार्ज धम्रेन्द्र राजवंशी लेबताए । ट्राफिक प्रहरीले सार्सार्वजनिक यातायात , टेम्पु,बिधालयका बस तथा माेटरसाईकल र निजि सबारी साधनका चलकहरुलाई हर्न निषेधित’ प्रदेश अभियानलाई कडाईका साथ कार्यन्वयनमा ल्याइएकाे रंगेेेेली ट्राफिक ईन्चार्ज निलमणि पाेख्रेल ले बताए ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...