News Portal

जब प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनसँग भने, ‘प्रतिवाद गर्न खोजेको हो त ?’

हिमालीसंचार संवाददाता
३२३ पटक

काठमाण्डौ – उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको दिन अपमानजनक व्यवहार गरेका छन्। प्रजातन्त्र दिवस मनाउने क्रममा सहिद मञ्च टुँडिखेलमा पुगेका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री एउटै मञ्चमा थिए। तर प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनप्रति सामान्य शिष्टाचार पनि पूरा नगरी अपमानजनक व्यवहार गरेका हुन्।

गत फागुन ७ गते टुँडिखेलमा प्रजातन्त्र दिवसको कार्यक्रम सकिएर राष्ट्रपति विद्यादेवी भण्डारी फर्केपछि प्रधानमन्त्री ओली र उपराष्ट्रपति पुनबीच केही कुराकानी भएको थियो। कुराकानीका क्रममा ओलीले पुनलाई अपमानजनक व्यवहार गरेको स्रोतको दाबी छ।

प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुन बसेको आसननजिकै गएर सार्वजनिक रूपमै राजनीतिक भाषण गरेको भन्दै उनीप्रति असन्तुष्टि पोखेका थिए। उपराष्ट्रपति पुनले आफूले कुनै पनि प्रकारको राजनीतिक भाषण नगरेको र आवश्यक परे भाषणको विषयवस्तु नै पठाउन सक्ने बताए पनि ओलीले असन्तुष्टि व्यक्त गरेका थिए।  

ओलीले पुनसँग प्रतिवाद गर्न खोजेको हो त भनेर प्रश्न गरेका थिए। त्यसपछि उपराष्ट्रपति पुनले तपाईंचाहिँ संविधानविपरीत काम गर्दै हिँड्ने भनेपछि ओली आफ्नो आसनतिर गएका थिए।

उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीबीचको संवाद सुनिरहेका सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले भने असजिलो महसुस गरेका थिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...