News Portal

किरातीहरुको शक्ति र आस्थाको केन्द्र “खुवालुङ” फुटाउने: प्रधानमन्त्री ओली

हिमालीसंचार संवाददाता
५२६ पटक

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले किरातीहरुको शक्ति र आस्थाको केन्द्र रहेको “खुवालुङ” मुन्दुममा बारम्बार उच्चारण हुने सप्तकोशीको ढुंगा “खुवालुङ” क्रेन लगाएर फुटाउन लागेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सप्तकोशीमा जेटबोट संचालन गर्न नदीको बिच भागमा रहेको उक्त ढुंगाले बाधा पुर्याएको हुनाले क्रेन लगाएर फुटाई नदीको बाटो क्लियर गर्न लागेको बताएका थिए। उनले फागुन ८ गते नेकपा ओली समूहद्वारा विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा “खुवालुङ” फुटाएर नदीको बाटो क्लियर गर्ने बताएका हुन् ।

पहिचानसहितको संघीयता तथा जातीय पहिचानको चर्को विरोधी रहेका प्रधानमन्त्री ओलीले किरातीहरुको मुन्दुम अनुसार विशेष शक्ति र आस्थाको प्रतिक खुवालुङ फुटाउने बताए संगै किराती जन्य संघ संस्था र मुन्दुमवीदहरुले चर्को विरोध गरिरहेका छन्। तीन वर्षको बिचमा देशमा आफूले असाधारण विकास गरेको फेहरिस्त सुनाउँदै सप्तकोशीको ढुंगोले जेटबोट चलाउन बाधा पुगेकोले “खुवालुङ” फुटाएर नदीको बाटो क्लियर गर्ने बताएका हुन् ।

खुवालुङ अरुण, तमोर र दुधकोशी नदीको संगमस्थल त्रिवेणीघाटमा रहेको छ । उदयपुर, भोजपुर र धनकुटा जिल्लाको सिमानामा पर्ने “खुवालुङ” कुनै पनि हालतमा फुटाउन वा मास्न नदिने किरातजन्य संघसंस्थाका प्रतिनिधिहरुले बताएका छन् ।

किरात समुदायका अगुवाहरुले “खुवालुङ” संरक्षणका लागि अभियान चलाइरहेका समयमा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै “खुवालुङ” फुटाउन लागेको बताएका हुन् । किरातीहरुको आस्था र शक्तिको केन्द्र मानिने खुवालुङबारे प्रधानमन्त्री ओलीबाट यस किसिमको अभिव्यक्ति आउनु किरात समुदायका लागि गम्भीर विषय भएको भन्दै आपती जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...