News Portal

किरातीहरुको शक्ति र आस्थाको केन्द्र “खुवालुङ” फुटाउने: प्रधानमन्त्री ओली

हिमालीसंचार संवाददाता
४८१ पटक

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले किरातीहरुको शक्ति र आस्थाको केन्द्र रहेको “खुवालुङ” मुन्दुममा बारम्बार उच्चारण हुने सप्तकोशीको ढुंगा “खुवालुङ” क्रेन लगाएर फुटाउन लागेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सप्तकोशीमा जेटबोट संचालन गर्न नदीको बिच भागमा रहेको उक्त ढुंगाले बाधा पुर्याएको हुनाले क्रेन लगाएर फुटाई नदीको बाटो क्लियर गर्न लागेको बताएका थिए। उनले फागुन ८ गते नेकपा ओली समूहद्वारा विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा “खुवालुङ” फुटाएर नदीको बाटो क्लियर गर्ने बताएका हुन् ।

पहिचानसहितको संघीयता तथा जातीय पहिचानको चर्को विरोधी रहेका प्रधानमन्त्री ओलीले किरातीहरुको मुन्दुम अनुसार विशेष शक्ति र आस्थाको प्रतिक खुवालुङ फुटाउने बताए संगै किराती जन्य संघ संस्था र मुन्दुमवीदहरुले चर्को विरोध गरिरहेका छन्। तीन वर्षको बिचमा देशमा आफूले असाधारण विकास गरेको फेहरिस्त सुनाउँदै सप्तकोशीको ढुंगोले जेटबोट चलाउन बाधा पुगेकोले “खुवालुङ” फुटाएर नदीको बाटो क्लियर गर्ने बताएका हुन् ।

खुवालुङ अरुण, तमोर र दुधकोशी नदीको संगमस्थल त्रिवेणीघाटमा रहेको छ । उदयपुर, भोजपुर र धनकुटा जिल्लाको सिमानामा पर्ने “खुवालुङ” कुनै पनि हालतमा फुटाउन वा मास्न नदिने किरातजन्य संघसंस्थाका प्रतिनिधिहरुले बताएका छन् ।

किरात समुदायका अगुवाहरुले “खुवालुङ” संरक्षणका लागि अभियान चलाइरहेका समयमा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै “खुवालुङ” फुटाउन लागेको बताएका हुन् । किरातीहरुको आस्था र शक्तिको केन्द्र मानिने खुवालुङबारे प्रधानमन्त्री ओलीबाट यस किसिमको अभिव्यक्ति आउनु किरात समुदायका लागि गम्भीर विषय भएको भन्दै आपती जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...