News Portal

  • मोरङको उर्लाबारीमा ट्रकमा स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु

    हिमालीसंचार संवाददाता
    ३१२ पटक

    तेजन खड्का/मोरङ – मोरङको उर्लाबारीमा शनिबार राति भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत उर्लाबारी नगरपालिका–४ भद्रमारी चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

    मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रकसँग विपरीत दिशाबाट आउँदै गरेको को ३१ प ५१ नम्बरको स्कुटर ठोक्किएको हो। 

    दुर्घटनामा परेर स्कुटरमा सवार उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको ज्यान गएको जानकारी राईले दिए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई सडकबाट उठाएर उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो। 

    दुवै जनाको उपचारका क्रममा राति ८:१५ बजेतिर मृत्यु भएको जानकारी डीएसपी राईले जानकारी दिए। डीएसपी राईका अनुसार दुवै मृतकको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ। मृतकमध्ये स्कुटर कसले चलाएका थिए भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ।  

    प्रहरीका अनुसार अर्को गाडीलाई ओभरटेक गरिरहेको ट्रकमा तीव्र गतिमा रहेको स्कुटर एक्कासि ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनामा परेर स्कुटर पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ। ट्रकको पनि अगाडिको भागमा क्षति पुगेको छ। 

    ट्रक र चालक झापाको कमल गाउँपालिका–६ का ४३ वर्षीय भक्तबहादुर दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। भयानक दुर्घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलको नेतृत्वमा टोली खटिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...